सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।
घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र चार जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।
काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१, ००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएराति सुनवल–४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको हो ।
सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

LEAVE A REPLY