काठमाण्डौ । विभिन्न माग राख्दै आन्दोलन गरिरहेका लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्न गएका पीडितहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ ।
झडपबाट दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विभिन्न जिल्लाबाट मुग्लिङमा भेला भएका पीडितहरू मुग्लिङबाट ७ दिनको पैदल यात्रा गर्दै काठमाण्डौ पुगेका छन् । पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन् ।