नेताको चाकडी नगर्न प्रहरी अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘नेताको चाकडी नगर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
आइतवार प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका गृहमन्त्री लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।
उनले प्रहरी अधिकृतहरुलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुपर्ने जानकारी दिए । कुनैपनि घटनाको अनुसन्धान प्रमाणका आधारमा गर्न स्मरण गराउँदै त्यसमा कुनै सम्झौता नगर्न निर्देशन दिदैँ भने, ‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ । कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु’,

LEAVE A REPLY