काठमाण्डौ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ।
संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुने जानकारी दिईएको छ ।
राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने भएका छन् ।
अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जानकारी दिएको छ ।