आज राष्ट्रियसभा अध्यक्षका लागि निर्वाचन हुँदै

काठमाण्डौं । राष्ट्रियसभा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ। बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले सोमबार सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिच प्रतिस्पर्धा हुँने जनाईएको छ ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

LEAVE A REPLY