नेपाली कांग्रेसको पदाधिकारी बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने जानकारी दिईएको छ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएको जनाईएको छ ।
संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको जानकारी दिईएको छ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुनेछ ।

 

LEAVE A REPLY