पशुपति नजिकैको जंगलमा एक किशोरीको शव फेला

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको गोरखनाथ मन्दिरमाथिको जंगलमा एक किशोरीको शव फेला परेको छ ।
सिन्धुली घर भएकी १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उनको शव बिहान मर्निङवाकमा जानेहरुले देखेर प्रहरीलाई खबर गरेका थिए ।
सिन्धुली घर भएकी सुस्मिता केहीदिनदेखि हराइरहेकी थिइन् । उनी बालुवाखानी कपनमा बस्ने गर्थिन् ।
उनी केहीदिनअघि भक्तपुर आफन्तकोमा जाने भनी घरबाट निस्केकी थिइन् ।
आफन्तले सामाजिक सञ्जालमा उनको खोजी गरिदिन अपिल गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY