विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छिन । घटनाको प्रकृति अनुसार उनको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सिरहाको फुलकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव हत्या गरेर फालेको अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित एक घरमा भेटिएको हो । उनी उक्त स्थानमा रहेको धिरेन्द्र गिरीको घरमा डेरा बस्दै नोबेल शिक्षण अस्पतालमा काम गर्दै आएकी थिईन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार उनी बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको थियो ।
घाँटी र शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शरीरभरि चोटैचोट देखिएको छ ।
प्रहरीले घटनास्थलको अध्ययन गरी अनुसन्धान सुरु गरेको जनाएको छ । कसले किन हत्या गरेको भन्ने खुलेको छैन ।