दैलेखमा एकजना एसईईका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरीले दैलेखमा एकजनना नक्कली माध्यामिक शिक्षा परीक्षा एसईई का प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।
नारायण नगरपालिका १, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षा दिन आएका महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय प्रेम न्यौपाने पक्राउ परेका हुन ।
उनी गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिन आएका थिए । मुखमा मास्क लगाए र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेपछि प्रहरीले सोधिखोजी गर्ने क्रममा नातामा भाइ पर्नेको परीक्षा दिन आएको खुलेको हो ।
न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ मा अध्ययनरत छन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY