आज लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिँदै छन ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन । प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ ।

LEAVE A REPLY