उत्पन्न निराशालाई तोड्न नयाँ समीकरण बनाएको एमालेको दाबी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको दाबी गरेका छन ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उहाँले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै त्यसलाई तोड्नको लागि एमाले अगाडि बढेको जानकारी दिए ।
उनले भने, ‘एक प्रकारले विगतको गठबन्धन सरकारका कारणले गर्दा तीन वटा चुनौतीहरुबाट हामी गुज्रिरहेका थियौं । एउटा राजनीतिक अस्थिरता, सामाजिक अराजकताको चुनौती थियो । अर्को सामाजिक मूल्यहरुको विघटन र तेस्रो मुलुकमा चरम आर्थिक संकटको अवस्था थियो । जसका कारण नेपाली समाजमा चरम निराशा उत्पन्न भइरहेको, युवाहरु पलायन भईरहेको थियो । यो अवस्थालाई अन्त्य गर्नका लागिनेकपाएमाले विरुद्धको जुन घेराबन्दी थियो त्यसलाई तोडेर अघि बढेको हो ।’
मुलुकलाई सकारात्मक दिशाबाट अगाडि बढाउनेकुराको निष्कर्ष राष्ट्रिय महाधिवेशनप्रतिनिधि परिषद्को बैठकबाट निकाल्ने उनले जनाए । वैशाख ८ र ९ गते आयोजित नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा हुन
गइरहेको छ ।

LEAVE A REPLY