काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीका पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन ।
शुक्रबार गृहमन्त्रालमा डढेलो तथा आगलागी नियन्त्रण र आउन सक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तर्गत ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न अनुरोध गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्दारको लागि निर्देशन दिएका हुन ।
उनले भने,‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस् । यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ । यो चाहीं हुँदैन् । मैंले रोकेको छु भने मलाई अहिले भन्नुहोस् । सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस् । कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस् ।’
कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनिवन ढडेलो तथा आगलागी हुने गरको उनको भनाई छ ।