इलाम २ मा एमालेका नेम्वाङ, रास्वपाका लिम्बु र कांग्रेसका खड्काले गरे मतदान
काठमाडौं ( इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मतदान गरेका छन् ।
कांग्रेसका डम्बर खड्का र एमालेका उम्मेदवार नेम्वाङले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र मतदान गरेका हुन् । यस्तै रास्वपाका उम्मेदवार लिम्बुले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आ.वि. मा रहेको मतदान स्थलमा मतादन गरेको जनाईएको छ ।
इलाम २ मा ४२ वटा वडामा मतदान भइरहेको छ, जसमा ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । इलाम २ मा १९ उम्मेदवार मैदानमा छन् ।