इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको टिप्पणी गरेका छन ।
इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको जानकारी दिएका हुन ।
सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको स्पष्ट पारे । आफूले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने जानकारी दिए ।