विराटनगर । इलाम २ मा निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङको विजय जुलुसबाट फर्किएको पिकअप गाडी दुर्घटनामा परेको छ ।
इलाम बजारको सभामा सहभागी बनेकाहरूलाई लिएर फर्किरहेको को २ च ४४७ नम्बरको पिकअप गाडी मंगलवार साँझ इलाम नगरपालिका ५, बिब्ल्याँँटेमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई उपचारका लागि झापाको विर्तासीटी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
इलाम नगरपालिका ५ का पिकअप चालक राजन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।