काठमाण्डौं । नेकपा माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई सरकारबाट हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको प्रधानमन्त्री प्रचण्डको सचिवालय जानकारी दिएको छ ।
आज मधेस प्रदेश सरकारबाट फिर्ता हट्ने माओवादी निर्णयले यादव नैतिक संकटमा परेका छन् । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा पार्टीले अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल गरिरहेको छ।