चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध केही दिनमै अन्त्य हुने दाबी गरेका छन् ।
आइतवार चितवनका पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
ुसंसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, भोलि बेलुका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छु, उनले भने ।
नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिएर आफूले राष्ट्रपतिलाई भेटेको उनले जानकारी दिए ।
आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ । यसको तयारी पूरा भइसकेको छु, उनले भने ।
सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने जानकारी दिए ।
ुकांग्रेस संसद्को यति धेरै वकालत गर्ने पुरानो पार्टीले राष्ट्रपतिको सम्बोधनमा असहज बनाउँछ भन्ने मलाई विश्वास लाग्दैनु, उनले भने ।
कांग्रेसका नेताहरूसँग संसद् खुलाउने कुरामा गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ ।
सहकारी पीडितको समस्या समाधानका सन्दर्भमा उनले भने, ुखासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रुपमा विरोध गर्नुभएको छैन ।