प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूचीे

काठमाडौं । प्रतिनिधि सभाको बैठक आजपनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाईएको छ ।
बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र नेमकिपाका सांसद प्रेम सुवालले ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’’ भनी खर्च कटौतीको प्रस्ताव गर्नेछन ।
यसैगरी, सांसद नागिना यादवले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दा अर्का सांसद तेजुलाल चौधरीले खानेपानी मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन ।
सांसद मैना कार्की र रोशन कार्कीले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालयका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन ।
यस्तै, सांसदद्वय डा. धवलशमशेर जगबहादुर राणा र राजेन्द्र बजगाँईले ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

LEAVE A REPLY