बारा । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको गोली हानी हत्या भएको छ।आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
आदर्शकोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो।
गोली लागेर घाइते भएका कुशवाहालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।