काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले अध्यक्ष पदको दाबी नछाड्ने घोषणा गरेका छन् ।
बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको घोषणा गरेका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको जानकारी दिए ।
तपाईंको नाममा सहमति हुन्छ ? भन्ने प्रश्नमा उनले भने– “म नहुनुपर्ने के छ र ?”
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदैछ ।