जाजरकोटमा पहिरोले पुरिँदा ३ जनाको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनका दुई वर्षीय छोरा शिभम परियार छन ।
उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको जनाईएको छ । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको जनाईएको छ ।
घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दुल्लुको नजिकै छ ।

LEAVE A REPLY