काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५६ जना, लुम्बिनीमा ३६ जना, कर्णालीमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्यु भएको हो । साथै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेशमा १२ जना, बागमतीमा २३ जना, गण्डकीमा ४५ जना, लुम्बिनीमा १८ जना, कर्णालीमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, लुम्बिनीमा ४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १४ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशीमा २ जना, मधेशमा १ जना, बागमतीमा ४१ जना, गण्डकीमा २ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएका छन् ।