काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई अनुरोध गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १५ औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न अनुरोध गरेका हुन ।
उनले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट पारे ।
सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूची सम्बन्धी प्रस्तावमाथिको छलफल सत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गरेकी थिईन ।
विश्वविद्यालयका उपकुुलपति प्रा.डा ध्रुवकुुमार गौतमले १३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि अनुरोध गरेका थिए ।