मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्तिको तयारी

काठमाण्डौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठक पनि नियमित हो । बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने जनाईएको छ । बैठकले आज मुख्य सचिव नियुक्तिबारे छलफल पनि गर्नेछ ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी सरकारले गर्न लागेको हो । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव बनेकी हुन् ।
गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।

LEAVE A REPLY