काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेर बहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका छन् ।
उनले केन्द्रीय समितिको बैठकमा बोल्दै अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन प्रस्ताव राखेका हुन् ।
उनले एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रुपले साथ दिनुपर्ने जानकारी दिए । तर त्यसपछि सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन अनुरोध गरे ।
शर्माले नाम देउवालाई डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा।शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिए ।