Page 10

एमाले अध्यक्ष ओली सुर्खेत जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत जाँदैछन ।
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको विभिन्न कार्यक्रम तथा पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन ।
मध्यपश्चिम विश्वविद्यालयका उप कुलपति नन्दबहादुर सिंहका अनुसार अध्यक्ष ओलीले विद्यालयको स्कूल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्नेछन । सोही भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नेछन ।
यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रमको पनि उद्घाटन गर्नेछन । विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको सो कार्यक्रमको उद्घाटन पनि अध्यक्ष ओलीले नै गर्ने उपकुलपति सिंहले जानकारी दिए ।
यसबाहेक अध्यक्ष ओली र विश्वविद्यालयका विद्यार्थीबीच एक घण्टा अन्तरक्रिया कार्यक्रम समेत रहेको छ ।
अध्यक्ष ओलीले साँझमा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

दुर्घटनामा चार जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा को–१ ख ७८३५ नम्बरको बसले प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाइते भएकी सफारीमा सवार ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो ।
मोरङकै सुन्दर हरँैचा नगरपालिका–८ मा प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बेलवारी नगरपालिका–२ का २२ वर्षीय रुपक घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत झापाको मेचीनगर नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको छ ।

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

राष्ट्र ,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ अभियानले शनिबार राजधानीमा निकालेको र्‍यालीमा सहभागी अभियानका संयोजक दुर्गा प्रसाईलगायत । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् ।
गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय दायित्वको अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८० जारी गरेका छन्।
सरकारले सिफारिस गरेको उक्त अध्यादेश बिहीबार राष्ट्रपति पौडेलले सं‌विधानको धारा ११४ को उपधारा १ अनुसार जारी गरेका हुन्।
सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकार भ्रष्टाचार र तस्करीको संरक्षक बनेको अध्यक्ष ओलीको आरोप

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।
पार्टी निकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार बुख्याचा भएकाले केही गर्न नसक्ने जानकारी दिएका छन ।
उनले एमाले विरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थामा पुगेको पनि जनाए । उनले भने, ‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन्, हामी मात्रै हौं, एक्लै लड्छौं भन्ने । हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन्,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘त्यो सरकार तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो, केही गर्न सक्दैन भन्ने । बुख्याचा मात्रै होइन, निकम्मा पनि छ ।’
अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीको संरक्षक बनेको आरोप लगाए । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए ।
‘यस्तै अवस्था रहिरहे हामीले मिसन २०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?’ ओलीले भने, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’
उनले एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको जनाए ।

शेपर बजारमा ७.२३ अंकको गिरावट, कारोबारमा उत्साह कायमै

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । उतारचढावका बीच आज पनि शेयर बजार घटेर यो साताका लागि बिश्राम लिएको छ । बजार तल झरे पनि आज कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२३ अंकले घटेको हो । ०.३३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१५५.८२ अंकमा ओर्लिएको छ ।
आज २९८ कम्पनीका २ करोढ ११ लाख २५ हजार ७ सय ७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २ सय ८२.९७ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त, गणपति लघुवित्त र सीईडीबी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १० र ९.८५ प्रतिशतले नाफा कमाएका छन् ।
निरन्तर पोजेटिभ सर्किट लाग्दै आएको हिमालयन रि को शेयरमूल्य आज ८.४४ प्रतिशतले बढ्यो । प्रतिकित्ता रु. ६५३ ले कारोबार भई यो साताको लागि बन्द भयो । आज उक्त कम्पनीको शेयरमूल्य तीब्र रुपमा घटबढ भइरह्यो ।
त्यस्तै तेह्रथुम पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४३ प्रतिशतले घाटा व्यहोरे ।
आज हिमालयन रि को उच्च कारोबार भयो । उक्त कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३ सय २८.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.६२ अंकले बढ्दा ५ अर्ब ४५ करोड रुपियाँ, मंगलबार ५४.५४ अंकले बजार बढ्दा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६.६९ रुपियाँ र हिजो बुधबार १२.१० अंकले बजार घट्दा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८.६१ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने माघे संक्रान्तिको बिदाका कारण बजार बन्द रह्यो ।

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

काठमाण्डौ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरिएको हो। बादेले घर बाटो सिफारि गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो।
बादेलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई १० कार बरामद भएको छ। कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह हेटौंडा आउँदै

Former King Gyanendra Shah looks on during his visit to Bharatpur on Friday, February 17, 2017. Photo: Tilak Ram Rimal

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार बागमतीको प्रदेश राजधानी हेटौंडा आउने भएका छन । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउन लागेका हुन ।
रिपोर्टस क्लब मकवानपुरको समन्वयमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजाको भ्रमण तालिकाको जानकारी दिइएको हो । पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर सोही दिन काठमाडौं फर्किने कार्यतालिका रहेको राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिएका छन ।
मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले माघ ७ गते हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको जनाए ।

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा एम.डी.एम.एस,टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।
बिहान साढे १० बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक÷ वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे युगान्डा प्रस्थान

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलन माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नेकार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...