Page 25

मन्त्री सुदन किराँतीविरूद्व प्रहरीमा जाहेरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
धार्मिक भावनामा आँच पुर्‍याएको आरोप लगाउँदै मन्त्री किरातीविरूद्व जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंका ध्रुवराज लुईटेलले जाहेरी दिएका हुन् ।
मन्त्री किराँतीले पुस ४ गते एक कार्यक्रममा ‘क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हाल्दिने हो’ भन्ने अभिव्यक्ति दिएका थिए।

माछापुच्छ्रेद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्तरकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर पीओएस एएफसी सेवाको महत्व बारे अवगत गराईएको थियो ।
अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप, ईएमभी स्ट्यान्डर्डमा आधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसन एम स्मार्टमा एनएफसी कन्ट्याक्ट लेस अफलाइन ट्याप एण्ड पे क्यूआरमा भ्वाइस अडियो नोटिफिकेशन प्रविधि जस्ता सेवाहरु संचालनमा ल्याउदैँ आईरहेको छ भने अन्य डिजिटल सेवाहरु जस्तैः मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका अनेकन अत्याधुनिक प्रविधिहरु ल्याइसकेको छ ।

ग्लोबल आइएमई बैंकको लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् । गत मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

शेयर बजारमा ८.७१ अंकको गिरावट, साढे ५ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । लगातार ६ दिन घटेर हिजो सुधार आएको बजारमा आज फेरि करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.७१ अंकले घटेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४९.२८ अंकमा झरेको हो ।
आज ३०३ कम्पनीका १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४।७० रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
कालिका पावर, सिंगटी हाइड्रो, नेपाल वायरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९८ र ९.३१ प्रतिशतले नाफा कमाएका हुन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्प्नीको ३३ करोड ४५ लाख १५ हजार ६ सय ४५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार ८.७५ अंकले बजार घट्दा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१.३४ रुपियाँ, मंगलबार ३०.०५ अंकले बजार घट्दा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२.७३ रुपियाँ र हिजो बुधबार २७.९० अंकले बजार बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४ सय ५४.४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को बाइसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२ औं वार्षिक साधारण सभा पौष ४ गते बुधबार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १२.३५ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनार्थ) गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८० मा रु.२६ करोड ८८ लाख ८५ हजार ६ सय ३० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७९÷८० को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आ.व.को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६० हजार ८ सय ३८ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१९ अर्व ९१ करोड ६४ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१३ अर्व ३ करोड ३ लाख रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ४५ करोड कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
साधारण सभाले संस्थाको संचालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालकमा श्री विष्णु प्रसाद त्रिपाठीलाई निर्वाचित गरेको छ । साथै, आ.व.२०८०÷८१ को लेखापरीक्षण गर्नको लागि श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर÷प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एमालेको सचिवालय बैठक १२ बजे बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने जनाईएको छ ।

दयाहाङ र रिस्मापछि ‘रिमै’मा सौगात अनुबन्ध

काठमाडौं । दयाहाङ राई र रिस्मा गुरुङपछि अभिनेता सौगात मल्ल चलचित्र ‘रिमै’मा अनुबन्धित भएका छन् । यी तीनैजना कलाकारले ‘कबड्डी’को दोस्रो सिरिजमा एकसाथ काम गरेका थिए ।
दया, रिस्मा, सौगातसँगै डेब्यु अभिनेता वीरबल घले प्रमुख भूमिकामा रहनेछन् ।
‘रिमै’लाई खिलबहादुर गुरुङको निर्देशन गर्नेछन् ।
उपेन्द्र सुब्बाले सिनेमाको पटकथा लेखेका छन् । कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन् ।

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक ९ बजे बस्दै

काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा सिट बाँडफाँटका विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए । राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने र एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा छलफलकेन्द्रित भएको उनको भनाइ थियो ।
गठबन्धनको बैठक हिजो बुधबार पनि बसेको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए ।
राष्ट्रियसभामा एमालेको ठोस प्रस्तावपछि सत्ता गठबन्धनले धारणा बनाउने पनि पाण्डेले जनाए ।

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।
उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
जयशंकर बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।
जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहको जनाईएको छ ।

 

सत्ता गठबन्धनको बैठक सकिएलगत्तै बालुवाटार पुगे केपी ओली

काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चहलपहल बढेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबण्डाको विषयमा छलफल गर्न बसेको सत्तारुढ दलको बैठक सकिलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।
त्यसअघि बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) सहित गठबन्धनको बैठक भएको छ ।
माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि मिलाएर निर्वाचनमा जाने मनस्थिति बनाएको जनाइएको छ ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...