काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । लगातार ६ दिन घटेर हिजो सुधार आएको बजारमा आज फेरि करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.७१ अंकले घटेको हो । ०.४२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४९.२८ अंकमा झरेको हो ।
आज ३०३ कम्पनीका १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४।७० रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
कालिका पावर, सिंगटी हाइड्रो, नेपाल वायरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९८ र ९.३१ प्रतिशतले नाफा कमाएका हुन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्प्नीको ३३ करोड ४५ लाख १५ हजार ६ सय ४५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार तमु ल्होसारको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार ८.७५ अंकले बजार घट्दा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१.३४ रुपियाँ, मंगलबार ३०.०५ अंकले बजार घट्दा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९ सय २२.७३ रुपियाँ र हिजो बुधबार २७.९० अंकले बजार बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४ सय ५४.४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।