काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । नेप्से तल झरे पनि साढे ७ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.६३ अंकले तल झरेको हो । १.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३०.१८ अंकमा ओर्लिएको छ ।
आज ३०८ कम्पनीका २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि आँखुखोला जलविद्युत, समाज लघुवित्त, हिमालयन लघुवित्त र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९७, ९.९७, ९.९४ र ९.७८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सीईडीपी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२७ प्रतिशतले नाफा कमाएका छन् ।
आज पनि हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ७९ लाख १० हजार २ सय ४१.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
शेयर बजारमा २५.६३ अंकको गिरावट, साढे ७ अर्ब बढीको कारोबार
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने
काठमाडौं । नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने जानकारी दिए ।
जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने व्यवस्था गरेको छ । उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ ।
जिल्ला अधिवेशन तोकिएको अवस्थामा अधिवेशनका लागि उम्मेदवार र प्रतिनिधि छनोटको मापदण्ड बनाई प्रदेश तथा जिल्ला कमिटीलाई पठाइसकेको उनले जानकारी दिए । यस्तै जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तीमा पार्टी सदस्य भएको पाँच वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सोसरहको भूमिका निर्वाह गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तीमा तीन वर्षको समयावधि पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने एमालेले मापदण्ड बनाएको छ ।
यस्तै एमालेले जिल्ला कमिटीमा सहभागी हुने प्रतिनिधिकोसमेत मापदण्ड बनाएको छ । एमालेले जिल्ला कमिटीमा १५ प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व गर्न निर्देशन दिएको छ । प्रतिनिधि हुनका लागि कम्तीमा दुई वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको छ । एमाले केन्द्रले आगामी जेठभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ ।
कार्यकारिणी समितिको बैठक बोलाउन बीपी प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन ।
उनले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भने, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।”
यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित छ हजार छ सय ३४ मध्ये चार हजार छ सय ४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार एक सय ५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार दुई सय पाँचमध्ये दुई हजार एक सय ८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ ।
बारेकोटमा पाँच हजार पाँच सय ८६ मध्ये चार हजार छ सय ८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार दुई सय ८७ परिवारमध्ये चार हजार एक सय ५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् ।
त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँच हजार चार सय छमध्ये एक हजार एक सय १३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ जनामध्ये तीन हजार एक सय ४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ ।
बयालीस हजार पाँच सय २४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ ।
दश हजार एक सय ५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख गरिएको छ । हालसम्म ३२ हजार तीन सय ६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् । जम्मा भूकम्पपीडितको सङ्ख्या ४२ हजार पाँच सय २४ रहेको छ । हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय ः डा. भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको जानकारी दिएका छन् ।
आज सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्–ुरोजगारीको खोजीमा हाम्रा युवाहरू रुस यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।ु
ुसरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैनु डा भट्टराईले भनेका छन् ।
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा सोनाम लोछारु गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ुसोनाम लोछारु सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ुसोनाम लोछार डम्फु र टुङ्ग्नाु बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ुडम्फु र टुङ्गना बजाउँदैु सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।”https://www.youtube.com/embed/Nsl8EkndBeM?si=lRn6M3peKm3gdqnP”
राष्ट्रिय गौरवका आयोजनाको काम ढिला भएको बस्नेतको स्वीकार
काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको काममा ढिला भएको टिप्पणी गरेका छन ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाको विषयमा भएको छलफलमा उनले काममा ढिलाई भएको स्वीकार गर्दै अहिले गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको जनाएका हुन । उनले भने, ‘अलिकति ढिला त देखिएकै छ ।
ढिला भएकै छैन भन्ने होइन् तर केही काम नै भएको छैन् भन्ने पनि होइन् । काम पनि उल्लेखनीय नै भइरहेको छ । समयमै नै सम्पन्न हुनुपर्ने भएको छैन् । अहिले हामी कामलाई गति दिनका लागि पनि कोसिस गरिरहेका छौं । प्राप्त पनि भइरहेको छ ।’
लगानी महंगो र नाफा कम हुनेभएकाले जलाशययुक्त आयोजनाहरुमा लगानी अहिलेसम्म हुन नसकेको उनको गुनासो छ । उनले अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु निर्माण नहुने धारणा राखे ।
‘लगान महँगो हुनेवाला छ । नाफा अलि कम हुने भएकाले जलाशययुक्त आयोजनाहरुमा लगानी अहिलेसम्म हुन सकेको छैन् । विद्युत ऐन अहिले विधेयक प्रस्तुत भएको छ । त्यसमा जलाशययुक्त आयोजनाहरूमा अलिकति आकर्षण गराउनको लागि कानूनी व्यवस्था के गर्ने कहाँ ध्यान दिने भनेर केही व्यवस्था गरेका छौ,’उनले भने,‘ अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु नआउने भए । त्यस्ता आयोजनाहरू निर्माण नगरी सुख्खा यामको आपूर्ति गर्न नसक्ने अवस्था आउने जस्तो भइसक्यो ।’
मन्त्री बस्नेतले अब बुढीगण्डकी जलविद्युत आयोजना अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आकर्षक आयोजना नभएपनि राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने भन्दै उनले भने,‘अब हामी बुढीगण्डकी जलविद्युत आयोजनामा अगाडि बढ्छौं । त्यो भंयकर आकर्षक आयोजना त होइन् तर जानैपर्ने अवस्था छ । राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने छ । ४०–४५ अर्ब लगानी पनि गरिसकेका छौं । अब अगाडि बढ्छौ । ’
असंलग्न आन्दोलनको १९औं शिखर सम्मेलनमा प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलन सहभागी बनेका छन् ।
आजदेखि शुरू भएको सम्मेलन सहभागी बनेका प्रधानमन्त्री प्रचण्डले आजै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
युगान्डा गणतन्त्रको राजधानी कम्पालामा जारी सम्मेलन भोलिसम्म चल्नेछ ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुने जानकारी दिईएको छ ।
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफा ८० करोड
काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष २०७९, ८० को दोस्रो त्रैमासमा नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपियाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख रुपियाँ नाफा गरेको थियो ।
त्यस्तै, बैंकको ब्याज आम्दानी पनि घटेको देखिएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ७९ करोड रुपियाँ ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा ५.५६ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपियाँ मात्रै आम्दानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा बैंकको खराब कर्जा १.२१ प्रतिशत बढेर २.६२ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो ।
त्यसैगरी, बैंकको नेट फी एन्ड कमिसन आम्दानी ६.५५ प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपियाँ कायम भएको छ । कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोड रुपियाँ, सञ्चालन नाफा १३.१९ प्रतिशत घटेर १ अर्ब २७ करोड रुपियाँ र वितरणयोग्य मुनानाफा २४ करोड ६९ लाख रुपियाँले ऋणात्मक छ ।
दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पुँजी भने बढेको छ । यस्तो पुँजी १३.३० प्रतिशतले बढेर ११ अर्ब ६२ करोड रुपियाँ पुगेको छ । त्यस्तै, जगेडा कोष ५ अर्ब ४५ करोड रुपियाँ, निक्षेप संकलन १ खर्ब ५२ अर्ब ४८ करोड रुपियाँ र कर्जा प्रवाह २.९९ प्रतिशत बढेर १ खर्ब २९ अर्ब ९१ करोड रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.१३ रुपियाँ घटेर १३८६ रुपियाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपियाँ छ ।
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।
आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाईएको छ ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
















