काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष २०७९, ८० को दोस्रो त्रैमासमा नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपियाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख रुपियाँ नाफा गरेको थियो ।
त्यस्तै, बैंकको ब्याज आम्दानी पनि घटेको देखिएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ७९ करोड रुपियाँ ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा ५.५६ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपियाँ मात्रै आम्दानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा बैंकको खराब कर्जा १.२१ प्रतिशत बढेर २.६२ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो ।
त्यसैगरी, बैंकको नेट फी एन्ड कमिसन आम्दानी ६.५५ प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपियाँ कायम भएको छ । कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोड रुपियाँ, सञ्चालन नाफा १३.१९ प्रतिशत घटेर १ अर्ब २७ करोड रुपियाँ र वितरणयोग्य मुनानाफा २४ करोड ६९ लाख रुपियाँले ऋणात्मक छ ।
दोस्रो त्रैमाससम्म बैंकको चुक्ता पुँजी भने बढेको छ । यस्तो पुँजी १३.३० प्रतिशतले बढेर ११ अर्ब ६२ करोड रुपियाँ पुगेको छ । त्यस्तै, जगेडा कोष ५ अर्ब ४५ करोड रुपियाँ, निक्षेप संकलन १ खर्ब ५२ अर्ब ४८ करोड रुपियाँ र कर्जा प्रवाह २.९९ प्रतिशत बढेर १ खर्ब २९ अर्ब ९१ करोड रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.१३ रुपियाँ घटेर १३८६ रुपियाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपियाँ छ ।