Page 18

वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको ओलीको आरोप

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको आरोप लगाएका छन् ।
बैंक, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको जानकारी दिएका हुन् ।
‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले जनाए ।
‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने ।
गठबन्धनका कारण देश बरबाद भएको ओलीले जनाए । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गरे ।

सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिपर एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।
घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही र चार जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।
काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१, ००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएराति सुनवल–४ अल्कत्रे डाँडा नजिकै ठोक्किएको हो ।
सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

कांग्रेस संसदीय दलको बैठक २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारी स्वरुप बैठक बोलाइएको कांग्रेसले जानकारी दिएको छ ।

यू–१९ विश्वकप ः आज नेपाल र भारतबीच खेल हुँदै

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal line up for the National Anthems ahead of the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्स अन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदै छ ।
नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।
सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।
त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो । सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हाँसिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपर सिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिँदा नेपाल अंक विहीन भएको हो ।
आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्री ः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाण्डु । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा समयसीमाको व्यवस्था गरिएको हो ।
जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ ।
गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ ।
जसअनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्नेछ र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने व्यवस्था गरिएको छ ।
राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगे पनि त्यसउपर समयमै राय प्रतिक्रिया तथा सहमति प्रदान नगर्ने र ढिलासुस्तीका कारण विकास निर्माण, कानून निर्माण तथा सेवा प्रवाह सम्बन्धी विभिन्न सरकारी निकायका कामहरूमा असर परेपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सक्रियतामा भएको निर्णयपश्चात अन्तर मन्त्रालय कार्यमा गति पैदा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए । उनले भने, ‘अब काम हुन्छ वा हुन्न भन्ने स्पष्ट खुलाउनपर्ने हुन्छ, विगतमा जस्तो ढिलासुस्ती गर्न पाइन्न ।’
विगतमा ६ महिना वर्ष दिनसम्म पनि परामर्श नदिने अवस्था रहेको गुनासो आउने गरेमा त्यो समस्या अन्य भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जनाए । उनले भने, ‘क्रस कटिङ इस्युमा राय लिनुपर्ने हुन्छ, राय दिनुपर्ने समयसीमा तोक्दा कार्यसम्पादन सहज भएको छ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रधानमन्त्री कार्यालयमा निर्णय आएको जानकारी दिँदै विकास निर्माणमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले विकास निर्माणमा केन्द्रित भएका मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयले विकास निर्माणमा हुने गरेको ढिलासुस्ती कम भएर जाने जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता भट्टले मन्त्रालयगत ब्रिफिङको क्रममा प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरूले कानूनका मस्यौदा तथा अन्य निर्णयका विषयमा मागिएको राय समयमा प्राप्त नहुँदा काम गर्न ढिलाइ भएको जनाएसँगै प्रधानमन्त्री प्रचण्डले राय तथा सहमति दिने सम्बन्धमा समयसीमा तोकेर व्यवस्था गर्न निर्देशन दिएबमोजिम मन्त्रिपरिषद्ले पछिल्लो निर्णय गरी परिपत्र गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि प्रहरी र आर्मी भिड्दै

काठमाण्डौ । प्रधानमन्त्री कप १ दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा २ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।
बिहीबार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र आर्मी प्रतियोगिताको फाइनलमा पुगेका छन् । प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ ।
लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टोली पुलिस र आर्मी फाइनलमा पुगेका हुन् ।
पुलिस क्लब आफूले खेलेका ९ मध्ये सबै खेलमा विजयी भएको छ । प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जीत हात पार्ने पुलिस १ मात्र टोली हो । लिग चरणको अन्तिम दिन बिहीबार भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हराएको छ । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कूल १८ अंक बटुलेको छ ।
आर्मी क्लबले आफूले खेलेका ९ मध्ये ७ खेलमा सफलता हात पारेको छ । २ खेलमा आर्मी क्लब पराजित भएको छ । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले ३ विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेको थियो । आर्मी क्लबले लिग चरणको अन्तिम दिन बिहीबारको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराएको छ । अंक तालिकामा आर्मी क्लब १४ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेश प्रदेश थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिएका छन् । बागमती प्रदेशले ९ खेलमध्ये ६ जीत र ३ हारको नतिजा निकाल्दै १२ अंक जोडेको छ । अंक तालिकामा बागमती प्रदेश तेस्रो भएको छ ।

शेयर बजारमा ३०.९२ अंकको गिरावट, कारोबार रकममा पनि गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको अन्तिम दिन आज पनि बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ ।
आज ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।
समाज लघुवित्तका लगानीतकर्ताहरुले आज सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६.५० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार बजार १०.३७ अंकले बढ्दा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ, सोमबार बजार १०.२६ अंकले बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३०.८२ रुपियाँ, मंगलबार १४.८८ अंकले बजार बढ्दा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३.१२ रुपियाँ र हिजो बुधबार बजार २१.६७ अंकले घट्दा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७.४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त

गण्डकी । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको जनाएका हुन् ।
समितिका सदस्य वेदबहादुर गुरुङले सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता पाएका कतिपय योजना बजेटमा नसेमिटनु दुःखद् भएको जनाए । “नीति, कार्यक्रममा आउने तर वार्षिक कार्यक्रम र बजेटमा नपर्दा जनतालाई झुक्याएको जस्तो हुन्छ”, उनले भने, “बजेट सुनिश्चित भएका योजना कार्यान्वयनमा पनि ढिलासुस्ती छ, यसतर्फ प्रदेश सरकार र सम्बन्धित मन्त्रालय गम्भीर बन्नुपर्छ ।”
सदस्य गुरुङले खानेपानी र सिँचाइ क्षेत्रमा मन्त्रालयले हालसम्म हासिल गरेको उपलब्धिको यथार्थ तथ्याङ्क अहिलेसम्म बाहिर आउन नसकेको जानकारी दिए । मुख्यमन्त्रीले पदभार ग्रहण गर्दा घोषणा गरेको लिफ्टिङ सिँचाइ आयोजनाको विद्युत् महशुलमा शतप्रतिशत अनुदान दिन अहिलेसम्म कार्यविधि बन्न नसकेकामा उनले गुनासो व्यक्त गरे ।
समितिका सदस्य दिलमाया पौवीले प्रदेश सरकारले टुक्रेयोजना कटौती गरे पनि सङ्घ सरकारबाट ससाना योजनामा बजेट आएकाले कार्यान्वयनमा जटिलता थपिने गरेको जनाईन । उनले टुक्रेयोजना बढी हुँदा स्थानीय तहबाट हुने अनुगमन प्रभावकारी हुन नसकेको धारणा राखिन । सदस्य पौवीले योजना छनोटलाई आवश्यकतामुखी र वैज्ञानिक बनाउनुपर्ने जनाईन ।
समितिका सभापति फणिन्द्र देवकोटाले आर्थिक वर्षको अन्त्यमा आएर बल्ल योजना कार्यान्वयनमा जुट्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने जानकारी दिए । उनले हरेक चौमासिक अवधिमा मन्त्रालयले देखिन गरी कार्यसम्पादन गर्नुपर्ने र उपलब्धि सार्वजनिक गर्नुपर्ने जनाए । “हामीसँग स्रोतसाधन, जनशक्ति, प्रविधि आदिको सीमितता छ, तर यसो भन्दैमा विकास निर्माण र सेवाका काममा ढिलासुस्ती गर्ने छुट हामीलाई छैन”, उनले भने ।
बैठकमा उठेको प्रश्न र जिज्ञासाको जवाफ दिँदै मन्त्रालयका सचिव इञ्जिनियर गणेशराज वस्तीले स्रोत सुनिश्चित नगरी नीति र कार्यक्रम तय गर्दा समस्या निम्तिएको जनाए । उनले मन्त्रालयमा अघिल्ला आवदेखि नै काम हुन नसकेका योजनाको चाङ रहेको जनाए ।
सचिव वस्तीले प्रदेशका दुई हजार र सङ्घका करिब पाँच सय गरी मन्त्रालयमा २४ सय ६८ योजना रहेको जनाए । तीमध्ये १२ सय योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको उनले जानकारी दिए ।
सचिव वस्तीकाअनुसार चालु आवको पहिलो चौमासिकमा कृषक कुलो सुधारबाट ९६ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । यो वर्ष दुई हजार हेक्टरमा सिँचाइ विस्तारको लक्ष्य मन्त्रालयले लिएको छ । २५ किमी तटबन्धको लक्ष्य लिइएकामा पहिलो चौमासिकमा दुई किमीमा तटबन्ध सकिएको सचिव वस्तीले जानकारी दिए ।
यस वर्ष ३० हजार घरधुरीमा खानेपानी धारा जडान गर्ने लक्ष्य रहेकामा गत कात्तिकसम्ममा छ हजार पाँच सय ५३ घरमा धारा जडान गरिएको उनको भनाई छ । उनले कतिपय योजना बजेटको सुनिश्चित नहुँदा अगाडि बढाउन नसकिएको जनाए ।
ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले सङ्घ सरकारबाट आएका रु ३० लाखभन्दा कम बजेटका योजना कार्यान्वयन नगरिने जनाईन । उनले प्रदेश सरकारले पनि टुक्रेयोजना कटौती गरेको जनाउँदै आगामी वर्षदेखि यसमा थप सुधार गरिने जनाईन । बजेट आँकलन नै नगरी जथाभावी योजना छनोट गर्ने परिपाटीलाई पनि निरुत्साहित गरिने उनको भनाइ छ ।

सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि हल्का वर्षा

;b/d'sfd vnËfdf lxdkft h'Dnf, !* df3 M h'Dnfsf] ;b/d'sfd vnËf ahf/df a'waf/ k/]sf] lxpF . h'Dnfnufot dflyNnf] s0ff{nLdf lxpFkft ePkl5 xjfO{ ;]jf cj?4 ePsf] 5 . tl:a/ M ljho /fjt÷/f;;

काठमाण्डौ । लामो समयपछि पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम र कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहीबार बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात पनि भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीयले जनाएका छन ।
माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू भागको मौसम साधारणतया सफा रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाले पश्चिमी वायुसँगै भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार अपराह्नदेखि बिहीबार (आज) सम्म देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने जानकारी गराएको थियो ।
पश्चिम नेपालमा हल्का वर्षा भइरहँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने दैनिक बढिरहेको छ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको हो । बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...