जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गरेका थिए ।
आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोही पनि थिएन ।
यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।
सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा रहेका छन ।
मधेसका मुख्यमन्त्रीले पाए तेस्रो पटक विश्वासको मत
शेयर बजारमा २७.२१ अंकको गिरावट, कारोबार रकम तीन अर्ब ७७ करोड
काठमाडौं । शेयर बजार उच्च अंकले घट्दा कारोबार रकम पनि खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार २७.२१ अंकले घटेको हो । १.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०३४.८२ अंकमा झरेको छ ।
आज ३१५ कम्पनीका १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यस्तै सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ९० लाख २ सय ५२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
उक्त कम्पनीको शेयर बढेर प्रतिकित्ता ७ सय नाघेको थियो भने अहिले घटेर प्रतिकित्ता ६ सय ४५.१० रुपियाँमा झरेको छ ।
आज दिउँसो ११ बजे राष्ट्रियसभा बैठक बस्दै
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले “प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९, ८० सभा समक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका माननीय सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन सम्बन्धी विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप गए राति अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका ६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरुमध्ये ६ जना चितवनका र एक जना गोरखाका छन् ।
दुर्घटनामा चितवनको इच्छाकामना ५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ घाइते भएका छन् ।
यसैगरी चितवनको इच्छाकामना ६ बस्ने १९ वर्षीय रुपक गुरुङ र चितवनकै भरतपुर महानगरपालिका २९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका ३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ पनि घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जानकारी दिएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन ।
उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लागेका हुन ।
केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।
जनमतले साथ छोडेपनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन् । उहाँ जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन । प्रदेश सभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन ।
उनले एक वर्षसम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ । त्यहीकारण देखाउँदै अन्य दलले समेत मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिङ गर्दै आएका छन् ।
मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १, १ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।
यसआधारमा सत्तारुढ गठबन्धनको मत जोगाउन सके मुख्यमन्त्री यादवले यसपटक पनि विश्वासको मत प्राप्त गर्नेछन ।
आज विहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने जनाईएको छ।
साथै, राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य तथा बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ का सबन्धमा राष्टियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।
बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्याङकन बिधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् । सांसद प्रेम सुवालले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस भनी राख्नु भएको प्रस्तावलाइ निर्णयार्थ प्रस्तुन गरिने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८०’ लाइ स्विकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् । साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
वर्तमान सरकार हरेक हिसाबले असफल भएको शंकर पोखरेलको दाबी
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमास सरकार हरेक हिसाबले असफल भएको दाबी गरेका छन ।
अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले देश र जनताको हित विरुद्धका क्रियाकलाप अब एमालेले टुलुटुलु हरेर बस्न नसक्ने जानकारी दिए । एमाले अब मिसन २०८४ मात्रै भनेर नबस्ने पोखरेलले प्रष्ट पारे ।
पोखरेलले वर्तमान सरकारको भ्रष्टाचार, तस्करी, कालोबजारी विरुद्ध जनपरिचालनको काममा उत्रिन अनेरास्ववियुलाई अनुरोध गरे । ‘हरेक हिसाबले यो सरकार असफल छ, इतिहासमा यति अयोग्य सरकार थिएन, यसका विरुद्धको आवाज सशक्त भएन भने अनेरास्ववियुको औचित्य पुष्टि हुन सक्दैन’, उनले भने ।
मुलुकलाई सही बाटोमा अघि बढाउने हो भने राजनीतिमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने उनले जनाए । पोखरेलले जसले जानेको ज्ञानलाई व्यवहारमा लागु गर्दछ त्यो नै क्रान्तिकारी हुने जानकारी दिए । कुरा एउटा गर्ने काम अर्को गर्नेहरू जाली र अवसरवादी हुने पोखरेलको भनाइ छ । समाज परिवर्तनका लागि ज्ञानलाई व्यवहारमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।
‘वास्तवमा क्रान्तिकारी त्यो हो, जसले जानेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दछ’, पोखरेलले भने ।
शास्त्रमा लेखिएको ज्ञानले मात्र समाज नबदलिने पोखरेलले जनाए । ‘जीवनसँग नजोडिने सिद्धान्त मरेतुल्य हुन्छ, यसलाई अर्को अर्थमा पनि लिन सकिन्छ, व्यवहार बिनाको ज्ञानको कुनै अर्थ छैन’, उनले भने ।
पोखरेलले वैचारिक र राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने जनाए । ‘जब हामी वैचारिक र राजनीतिक काम कम गर्दछौँ, अवसरवाद मौलाउँदै जान्छ’, पोखरेलले भने ।
नेपालको शासन व्यवस्थामा देखिएको समस्या समाधान गर्ने काम एमालेले मात्र गर्न सक्ने पोखरेलले जनाए । एमालले छोटो समय देश सञ्चालन गर्दै तिव्रतर देश विकासको काम गरेको उहाँले स्मरण गराए ।
नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता हासिल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्डसविरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।
टीयू क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपाललाई दोस्रो सफलता मिलेको हो ।
नेपालका लागि भीम सार्कीले नेदरल्यान्डका म्याक्स ओडाउडको विकेट लिएका हुन् । यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका माइकल लेभिटलाई आउट गरेका थिए ।
टर हारेर पहिला ब्याटिङ गरिरहेको नेदरल्यान्डसले ७.५ ओभरमा २ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ ।
बालकुमारी घटनामा मन्त्री ज्वाला बढी दोषी
काठमाडौं । बालकुमारी घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।
आयोगले आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । दुई जनाको ज्यान जाने गरी भएको बालकुुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बढी दोषी रहेको आयोगको निष्कर्ष छ ।
आयोगले मन्त्री, उनको पीएसओ र अपरेसन कमाण्डर घटनामा मुख्य दोषी रहेका निष्कर्ष निकालेको हो । आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।
कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल
काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा पर्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्धारा यही फागुन ३ गते जारी गरिएको सूचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा बैंक ‘ए’ वर्गमा पर्न सफल भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको छ ।
सोही नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको हो । सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ ।