Page 10

मधेश सरकारमा एमालेका यादवले लिए शपथ

काठमाडौं । नेकपा (एमाले) मधेश सरकारमा सहभागी भएको छ ।
एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्रीको शपथ ग्रहण गरेका छन ।
सोमबार उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन ।

एक दलको बहुमत नहुँदा देश बर्बादीमा परेको पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देश बर्बादीमा परेको टिप्पणी गरेका छन ।
सर्लाहीको बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नहुँदा राजनीतिक स्थिरता कायम नभएर देश बर्बाद भएको टिप्पणी गरेका हुन ।
“कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको हो,” उनले भने, “राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ ।”
उनले छ, छ महिनामा सरकार फेरिने समस्या दुःखद् रहेको धारणा व्यक्त गरे । पोखरेलले २०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गरे ।
आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र त्यसको समाधान गर्ने काममा केन्द्रित हुन वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिए ।
एमाले मजबुत भएपछि देशले निकास पाउने उनले स्पष्ट पारे ।

महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन । गृहमन्त्री लामिछानेले आइतबार प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर र सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जानकारी दिएको छ ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन । आजैका दिनबाट सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ । बाँसरी जग्गा प्रकरणमा संलग्न रहेकाहरुको समेत बयान लिन निर्देशन दिइएको छ । यसक्रममा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिइँदै छ ।

 

शेयर बजारमा १०.६२ अंकको गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बजार तल झरेसँग कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.६२ अंकले घटेको हो । ०.५१ प्रतिशतले बजार घट्दा नेप्से २०७०.२५ अंकमा झरेको छ ।
आज ३०४ कम्पनीका ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि सप्तकोशी डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त र मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताहरुले क्रमशः १०, ९.५६ र ८.७५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८३ प्रतिशतले घाटा व्यहोरको छन् ।
शिवम् सिमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८०.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

कोका–कोलाले नेपालको लागि बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वल्र्ड रेकर्ड

काठमाडौं । कोका–कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज
वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । यो निर्विवाद छ की नेपालले साँच्चै कोक
र मोमो निकै मन पराउँछ ।
शुक्रबार, चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज
कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ
गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास
रचेको छ ।
कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक
आयोजना गरेको थियो। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो
खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना
समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।
कार्यक्रम लगभग १५ मिनेट चलेको थियोर सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको
स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र
यसका लागि कोका–कोला सदैब तत्पर रहेको छ ।
कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त
गर्दै भन्नुभयो, “कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि
त्यसकुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको
प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना
गर्न पाउँदा गर्व गर्दछौं ।“
कोका–कोलालाई विश्वव्यापी सबले मन पराउछन् र लामो समयदेखि विभिन्न किसिमका
परिकारको स्वादको पूरक बन्ने क्षमताको लागि प्रशंसा गरिन्छ । स्वादिलो खानेकुरादेखि
चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसहरुका मनपर्ने व्यञ्जनहरूसँगै
आफूलाई एक स्टेपलको रूपमा स्थापित गरेको छ । पुस्तौँदेखि, कोका–कोलालाई विभिन्न
परिकारहरूका स्वादहरू समृद्ध पार्ने आदर्श सहयोगीको रूपमा लीईन्छ ।
यसबाहेक, कोका–कोलाले विश्वभरका फूड लभरहरूलाई मोहित गर्ने प्रिय डम्प्लिब डिश
मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ । परम्परागत
रूपमा मासुका कीमा वा तरकारीहरूले भरिएको र बाफमा पकाइने मोमो र कोका–कोलाका
रिफ्रेशिंग विशेषताहरूले एक भिन्न जोडी बनाउँछन्, जसले स्वाद र टेक्स्चरको उत्तम फ्युजनको
परिणाम दिन्छ र सबैलाई अझ मोमो खान उत्सुक बनाउँछ ।
कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार
नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ । यो पहलले नेपालको प्यारो
कोका–कोलाको र मनपर्ने मोमोको फ्युजनलाई देशभरि आनन्द र खुशी फैलाउने उत्सव
मनाउँछ । नेपाली जनताको मोमोप्रति अटुट स्नेह छ, र चीसो कोकको बोतलको साथ तातो–
तातो मोमोको जोडीले हामीलाई मोहित गर्दछ ।
नेपालमा कोक र मोमो बीचको सम्बन्ध खानाको प्राथमिकताभन्दा बाहिर फैलिएको छ; यो
नेपाली समाजमा गहिरो रूपमा निहित संस्कृतिको रूपमा विकसित भएको छ । स्वाद र विविध
फिलिंग्सका लागि प्रख्यात मोमो, नेपाली परिकारको अपरिहार्य अंग बनेको छ, जुन सबै क्षेत्रका
व्यक्तिहरूले मन पराउँछन्। घरघरमा बनेको होस् वा स्ट्रीट फूड स्टलबाट स्वाद लिइएको
होस्, मोमोले नेपाली जनताको हृदयमा विशेष स्थान ओगटेको छ ।
कोका–कोला, नेपालमा आफ्नो सर्वव्यापी उपस्थितिको साथ, मोमो–खाने अनुभवलाई निर्बाध
रूपमा पूरक बनाउँछ, यो मनपर्ने परिकारको साथमा मनपर्ने पेय पदार्थको रूपमा उभिएको
छ । साथै, कोक र मोमोरमाइलो मात्र होइन, संस्कृतिको संयोजनको प्रतीक पनि हो, जसले
नेपालको जीवन्त परिकारका परिदृश्यमा साम्प्रदायिक भोजनको सार र साझा आनन्दका
क्षणहरूलाई मूर्त रूप दिन्छ ।
कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका–
कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ ।
कोका–कोला नेपालको जीवन्त सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध
रहेको छ ।

नागरिक पेन्सन योजना

नागरिक पेन्सन योजना
यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एबं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।
बचत गर्न सकिने सीमा ः
यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक रु. ५००।–देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक रु.५००।– भन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।
पेन्सन पाउन योग्य हुने अवस्था ः
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।
बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् ।
कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् ।
पेन्सन गणना विधिः
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।
योजनामा रकम जम्मा गर्ने विधि ः
सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतिय भूक्तानी मार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरे पछि सोको जानकारी कोषलाई दिनु पर्ने छ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकम प्रति कोषको कुनै दायित्व रहने छैन ।
कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ ।
रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन ।

वसन्तपुरमा ठड्याइयो होलीको चीर, आजदेखि होलीपर्व सुरु

काठमाडौँ । वसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।
होलीको चीर ठड्याइएसँगै आजदेखि देशभर विधिवत् रूपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ । होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत् सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जनाए ।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भीष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

रोकिएको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
शनिबार राति टायर पन्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।
घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बस चालक नवलपरासी (सुस्तापूर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएको प्रधानमन्त्रीको दाबी

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको दाबी गरेका छन् ।
आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’
नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनले जानकारी दिए ।
‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।
अर्को प्रसंगमा उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि जनाए । राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जनाउँदै उनले पूर्वदेखि पश्चिमसम्मसम्म उत्तर दक्षिणका भूगोल जोडेर अभियान चलाउने जनाए ।
गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना पनि रहेको उनको भनाइ छ।

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने जानकारी दिईएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आर्थिक वर्ष २०८१, ०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभाको बैठक दिउँसो १ ः १५ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...