Page 2

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने
“ग्लोबल मनि वीक” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र
जोखिम न्यूनीकरण विषयमा कम्पनीलेविभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। “उज्वल भविष्यका
लागि लगानी“ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगंज,
चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५
स्थानमा कार्यक्रम संचालन गरिएको थियो।
शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको
थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने
लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ५००
जना सहभागीहरु लाभान्वित भएका थिए ।
नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि
उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंबको कार्य
अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो। कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक
पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी
व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको आर्थिक वर्ष २०७९, ८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८१, ८२ को लागि प्रदेश स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृति गर्ने निर्णय समेत भएको छ ।
चालु आर्थिक वर्ष ८०,८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते बालीधानको प्रति क्वीटल दुई हजार ७ सय ७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमाप्रति क्वीटल १२ सय ग्रामको दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।
यस्तै, पर्यटन बोर्डको कार्यकारी रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र राम प्रसाद सापकोटालाई मनोनयन गर्ने पनि बैठकले गरेको छ । नेपाल प्रसाशन सेवा समिकरणतर्फको राजपत्राङकित विशेष श्रेणीको रिक्त सचिवपदमा हरी प्रसाद लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ ।
विकास आयोजनाको लागिप्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धि सर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय भएको छ ।

एमालेले हल्ला नगरी काम गरेकाले गठबन्धन फुटाउन सकिएको महासचिव पोखरेलको दाबी

काठमाण्डौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले हल्ला गरेको भए पुरानो सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्था रहेको दाबी गरेका छन् ।
नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै पोखरेले एमालेले हल्ला नगरी काम गरेकाले गठबन्धन फुटाउन सकिएको जानकारी दिए । एमालेले घोषणा गरेर गठबन्धन तोड्न चाहेको भए गठबन्धन भत्किने अवस्था नरहेको उनले जनाए ।
‘हाम्रा विरोधीलाई अलमल्याउने काम गर्‍यौं, गठबन्धन कसरी भत्काउन सकिन्छ भनेर योजना बनायौं र गठबन्धन ढालेर नयाँ समीकरण बनायौं,’ उनले भने ।
नेकपा एमालेले सरकार चलाउन आवश्यक मत प्राप्त गर्न नसकेको अवस्थामा गठबन्धनले देशलाई ओरालो बाटोमा लगेपछि एमालेले गठबन्धनबाट जो बाहिर निस्कन्छ, त्यसलाई सघाउने कुरा गरेको भए पनि कांग्रेस बाहिर निस्किन नचाहेको उनले जनाए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबाट बाहिर निस्किन चाहेकाले एमालेले समर्थन गरेको उनले प्रष्ट पारे ।
अहिलेको सरकारबाट धेरै कुरा आशा गर्न नसकिने पनि पोखरेलले प्रष्ट पारे । यो समीकरण मिसन २०८४ को आधार बनाउने गरी बनेको उनले जनाए ।
एमालेमाथिका सबै अवरोधलाई विस्थापित गर्न पार्टी सफल भएको उनले जनाए । एमालेले राखेको मान्यता राष्ट्रिय राजनीतिमा स्थापित भएको उनले प्रष्ट पारे । त्यसैले एमाले जनताको रोजाइको पार्टी बनेको उनले दाबी गरे ।
‘जनताको रोजाइको पहिलो पार्टी एमाले हो भन्ने कुरामा कुनै सन्देह छैन,’ उनले भने ।
एमालेको परिकल्पना समाजवादमा पुग्ने भए पनि अहिले नै समाजवादमा पुग्न नसकिने पोखरेलले जनाए । अहिलेको अवस्थामा समाजवाद परिकल्पना मात्र भएको उनको धारणा छ । अहिलेको आवश्यकता समाजवादको आधार तयार गर्ने मात्र भएको पोखरेलले जनाए । समाजवाद एमालेको लक्ष्य भए पनि अहिलेको कार्यभार राष्ट्रिय पुँजी विकास गर्नु रहेको उनले जनाए ।
‘समाजवादी मोर्चा बनाएर जाने अवस्था अहिले सिर्जना भएको छैन,’ उनले भने ।
पोखरेलले एमाले कसैको लहैलहैमा लाग्ने पार्टी नभएको जनाए । त्यसैले अहिले वामगठबन्धन वा समाजवादी मोर्चा बनाउने कुरा बेकारको कुरा भएको पोखरेलको धारणा छ ।

एनएमबि बैंकको ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।
बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपियाँ तोकिएको छ ।
सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

डाक्टर प्रतिभा धौभडेल बाथरुममा मृत फेला

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन ।
जिल्ला अस्पताल धादिङमा कार्यरत ३४ वर्षीया धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला परेकी हुन ।
उनी केही दिनअघि घर बिदामा काठमाडौं आएकी थिईन । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले उनलाई वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए ।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिईन ।

राष्ट्रिय सभाको बैठक आज सावा एक बजे बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने जानकारी दिइएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपाल ए र आयरल्याण्ड वुल्भ्सबीचको टी २० आज

काठमाण्डौं । नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको टी २० शृंखलाको पहिलो खेल आज हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारको खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो। आजको खेलपनि त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरू हुने क्यानले जानकारी दिएको छ।
नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्सविरूद्ध टी २० पछि एकदिवसीय सिरिज पनि खेल्नेछ। नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी २० खेल खेल्ने छ। त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

दैलेखमा एकजना एसईईका नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरीले दैलेखमा एकजनना नक्कली माध्यामिक शिक्षा परीक्षा एसईई का प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।
नारायण नगरपालिका १, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षा दिन आएका महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय प्रेम न्यौपाने पक्राउ परेका हुन ।
उनी गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिन आएका थिए । मुखमा मास्क लगाए र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेपछि प्रहरीले सोधिखोजी गर्ने क्रममा नातामा भाइ पर्नेको परीक्षा दिन आएको खुलेको हो ।
न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ मा अध्ययनरत छन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मानव सेवा आश्रम विराटनगरलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विराटनगरस्थित मानव सेवा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बेसहारा, असहाय, सडकआश्रित करिब १३० नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई दैनिक उपभोग्य खाद्यान्नसहित आवश्यक सामग्री उपलब्ध गराएको हो ।
बिहीबार आश्रममा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरे ।
बैंकले देशैभर १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट १७ लाख ३८ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

काम गर्न नसके अर्को उथलपुथल गर्न सक्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने स्पष्ट पारेका छन ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै दाहालले सुशासन र विकासको काम अगाडि बढाउनुपर्नेमा जोड दिँदै पदका लागि नयाँ समीकरण नबनाएको जानकारी दिए ।
‘मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन । मैले जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन,’ उउनले भने,‘पद त मेरो सुरक्षित थियो । तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्, सुशासन र विकास निर्माणलाई अझ तीव्र गर्न सकियोस भन्ने मान्यतालाई मात्रै हो, त्यो पनि गर्न सकिएन भने पद ओगटीराख्नुको औचित्य पनि पुष्टि हुँदैन त्यो कुरामा म सचेत छु ।’
दाहालले आफूले काम गर्न नसके अर्को उथलपुथल गर्न सक्ने चेतावनी पनि दिएका छन । ‘अहिले समीकरण चेन्ज भएको छ । त्यसलाई गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिए । उथलपुथल त मैले भनेको थिएँ । म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो अरूलाई भनेको होइन । मेरै लागि भनेको हो,’ उनले भने ।
प्रधानमन्त्री दाहालले संघीयताको पक्षमा संघर्ष गर्नेको साथ नपाएको भए संघीय निजामती ऐन टेबुल नहुने, प्रहरी समायोजन ऐन कार्यान्वयनको वर्तमान अवस्थामा आइनपुग्ने उल्लेख गर्दै देशमा विकास र संघीयता कार्यान्वयनको सम्भावना रहेको जानकारी दिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...