Page 13

आज लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिँदै छन ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन । प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ ।

आज राष्ट्रियसभाको बैठक बस्दै,यस्तो कार्यसूची

काठमाण्डौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा बोलाइएको छ ।
आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशाषन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कृषी तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाध्ध स्वच्छता तथा गुणस्तर बिधेयक २०७७ प्रतिनिधिसभावाट भएका संसोधन माथी छलफल गरियोस’ र सो ‘संसोधनलाइ सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू त्यहाँ जान लागेको उल्लेख गरेका छन ।
‘आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदै छु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’ अध्यक्ष ओलीले भनेका छन ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित उनी त्यसतर्फ जान लागेको हो ।
अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिईएको छ ।
चीनसँगको सिमाना ओलाङचुङगोला नाका अहिले बन्द रहेको छ । अध्यक्ष ओलीसँग स्थानीय बासिन्दाले चीनकोसँगको नाका खोल्न माग गर्ने तयारी गरेको जनाईएको छ ।

आज इद पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाण्डौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिएका छन । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । “जकात (दान) यही महिनामा दिइन्छ”, उनी भन्छन्, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।”
इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५.९ प्रतिशत छ ।
यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै नजले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको जनाए । काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनले जनाए ।
“संस्कृति बचाउन स्थान चाहिन्छ”, उनी भन्छन्, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।” सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सहिदहरूको सम्मान हुन नसकेको देउवाको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको टिप्पणी गरेका छन् ।
सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज अनावरण गर्दै सहिदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरूको सबैले सम्मान गर्नुपर्ने जनाए ।
सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको उल्लेख गरे । उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे ।

सलिकोले बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले सलिकोमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै चार दिने अभिकर्ताको तालिम संचालन गर्न लागेको हो ।
कम्पनीले तालिम पोखरा शाखा कार्यालमा आउदो वैशाख ११ गतेदेखि १४ गतेसम्म विहान १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जनाएको छ । यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् ।
तालिममा ३० जनाभन्दा बढी सहभागी संख्या समावेश गराउन नसकिने भएकाले पहिलो दर्ता हुन आएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ ।

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्न गृहमन्त्रीको निर्देशन

जनकपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन ।
नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिए ।
गृहमन्त्री लामिछानेले मधेश प्रदेशको सुरक्षा संवेदनशीलता, खुला सीमा, लागुऔषध दुव्र्यसनी, मिटरब्याज, विपद् व्यवस्थापनलगायतका समस्या समाधान गर्न समन्वयात्मक ढङ्गले काम गर्नेसमेत निर्देशन दिए । “मधेस प्रदेशका सुरक्षा संवेदनशीलता, यहाँका मूलभूत समस्या र चुनौतीको पहिचान गर्न यो गोष्ठीलाई महत्वपूर्ण ठानेको छु । अब प्रदेश तथा जिल्लास्तरीय सुरक्षा नेतृत्वले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर पहिचान भएका समस्या, लागुऔषध दुव्र्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, अनुमति नलिइकन सञ्चालन गरेका र एउटा उद्देश्य लिएर अर्को काम गरेका सङ्घ, संस्था वा व्यवसाय तत्काल बन्द गराउन निर्देशन दिएको छु”, उनले भने ।
मधेस प्रदेश धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले पर्यटन प्रवद्र्धनका लागि सहजीकरण, अनुचित लेनदेन (मिटरब्याज) समस्याको समाधानका लागि पीडितको पक्षमा काम गर्ने तर व्यवहारिक लेनदेन र वैधानिक कारोबारलाई समेत मिटरब्याजको रुपमा स्थापित गर्ने कार्य हुन, सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण गर्न, कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, विपद्का कारणले कुनै पनि नागरिकको ज्यान गुमाउन नपर्ने स्थिति सृजनाका लागि प्रभावकारी रुपमा काम गर्न समेत निर्देशन दिएको गृहमन्त्री लामिछानेले जनाए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्थामा थप सुधार गर्न आवश्यक रहेको र त्यसका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग आवश्यक सहयोग तथा समन्वय गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिए ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेस प्रदेशलाई शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणका हिसाबले अब्बल प्रदेशको रुपमा विकास गर्नु आफूहरू क्रियाशील रहेको जनाए । गृहसचिव एकनारायण अर्यालले स्थानीय प्रशासनले सेवाप्रदायक मात्र नभएर कानुनबमोजिम काम भए नभएको नियमन गर्ने नियामकको भूमिकामा समेत प्रस्तुत हुनुपर्ने भन्दै सोहीअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्र्याए ।
कार्यक्रममा अर्थसचिव कृष्णहरि पुस्कर, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलगायत मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित

pDd]baf/ dgf]gogkq kl5 sf7df8f}F, @& r}t M /fli6o;efdf l/Qm pkfWoIf kbsf] lgjf{rsf nflu dËnaf/ cfcfˆgf] dgf]gogkq btf{kl5 g]skf -Pdfn]_sf pDd]baf/ ljdnf l3ld/] / g]sfsf pDd]baf/ lji0f'b]jL k'8f;}gL . tl:a/ M /Tg >]i7÷/f;;

काठमाण्डाौ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।

प्रभु बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र नेपाल क्लिरिङ हाउस (एनसिएचएल) बीच आज सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको खातामा सिधै रकम पठाउन सक्नेसुविधा उपलब्ध हुनेछ ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा रु. १५ हजार भारतीय रुपैयाँ र मासिक रु. १ लाख सम्म भारतीय रुपियाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकहरुले पनि यूपीआई ईनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाईएको छ ।
हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरुले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुईलाख भारतीय रुपियाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजारसम्म भारतीय रुपियाँ पठाउन सक्ने व्यवस्था रहेको छ ।
यो अन्तर्देशीय विद्यूतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरुले नेपाल तथा भारतीय नियामक निकायद्धारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम् लाभ उठाउने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

उपनिर्वाचनको आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ ।
इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आचारसंहिता मतदान सम्पन्न नहुन्जेलसम्म लागू हुनेछ । मतदान आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ ।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१) मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबै उम्मेदवारहरुलाई मंगलबार निर्वाचन चिह्न वितरण गरिएको थियो ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएकाले कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।
आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान पाउने छैनन् ।
संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् । उनीहरुले आफ्नो कार्यालय र आवास कुनै पनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन् ।
आचारसंहिताले सरकारी कर्मचारीलाई पनि कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरेको छ । कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न पनि नपाउने व्यवस्था छ ।
सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुनेछ । कुनै परियोजना वा विकास समितिमा आवद्ध कर्मचारीले पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नपाउने आचार संहितामा व्यवस्था छ ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीले कुनै पनि उम्मेदवारको पक्षविपक्ष लिन नहुने नियम छ ।
विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले पनि तटस्थता अपनाउनुपर्नेछ । उनीहरुले कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल समेत प्रयोग गर्न पाउने छैनन् ।
गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उदघाटन लगायतका काम गर्न पाउने छैनन् । यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ ।
आचारसंहितामा राजनीतिक दलहरुले सभ्य र अनुशासित भई चुनाव प्रचारप्रसार गर्नुपर्ने नियम बनाइएको छ । प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...