बझाङ। बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४१ मतले अग्रता लिएका छन्। उनले ८ हजार चार सय ६ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ११३ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार २ सय ६६ मत पाएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन्।
बझाङ प्रदेशसभा (क) मा मा भएमको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । सो क्षेत्रमा ६१ हजार सात सय ४८ मतदाता रहेका थिए । उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए।
बझाङमा काँग्रेसका सिंह २४१ मतले अघि
इलाममा एमालेको फराकिलो अग्रता, पछ्याउँदै कांग्रेस
इलाम । इलाम २ उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन । यहाँको २१ हजार ८५४ मतगणना हुँदा सुहाङ २ हजार ६१८ मतले अगाडि छन ।
सुहाङ ८ हजार ८९८ मतसहित शीर्ष स्थानमा छन भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार २८० मतसहित पछ्याइरहेका छन ।
यसैगरी, यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले १ हजार ३०६ मत प्राप्त गरेका छन ।
‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’
काठमाडौं । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने जानकारी दिएका छन ।
आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’
उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन ।
प्रमुख बालेनले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन ।
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तेस्रो लगानी सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ । नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो ।
तेस्रो लगानी सम्मेलन सुरु,१५१ परियोजना प्रस्तुत गरिने
काठमाण्डौं । तेस्रो लगानी सम्मेलनमा आजदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो ।
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।
सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।
उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड) का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन् ।
इलाम २ मा एमालेका नेम्वाङ, रास्वपाका लिम्बु र कांग्रेसका खड्काले गरे मतदान
इलाम २ मा एमालेका नेम्वाङ, रास्वपाका लिम्बु र कांग्रेसका खड्काले गरे मतदान
काठमाडौं ( इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मतदान गरेका छन् ।
कांग्रेसका डम्बर खड्का र एमालेका उम्मेदवार नेम्वाङले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र मतदान गरेका हुन् । यस्तै रास्वपाका उम्मेदवार लिम्बुले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आ.वि. मा रहेको मतदान स्थलमा मतादन गरेको जनाईएको छ ।
इलाम २ मा ४२ वटा वडामा मतदान भइरहेको छ, जसमा ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । इलाम २ मा १९ उम्मेदवार मैदानमा छन् ।
नेपाल र वेस्टइन्डिज ए बीचको टी–२० सिरिज आजदेखि
काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी २० सिरिजको पहिलो खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने यो खेल अपरान्ह १२ बजेर १५ मिनेटदेखि सुरू हुनेछ।
नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।
नेपाल र वेस्ट इन्डिजबीच टी–२० खेलको पाँच वटा शृङ्खला खेलिने कार्यक्रम छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिनेछ । तेस्रो खेल मे १ तारिखमा खेलिनेछ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।
शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जानकारी दिएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
आगलागी पीडितलाई राहत दिने कुरामा ढिलाई नगर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीका पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन ।
शुक्रबार गृहमन्त्रालमा डढेलो तथा आगलागी नियन्त्रण र आउन सक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तर्गत ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न अनुरोध गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्दारको लागि निर्देशन दिएका हुन ।
उनले भने,‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस् । यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ । यो चाहीं हुँदैन् । मैंले रोकेको छु भने मलाई अहिले भन्नुहोस् । सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस् । कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस् ।’
कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनिवन ढडेलो तथा आगलागी हुने गरको उनको भनाई छ ।
आँफुलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने नेपालको चेतावनी
काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र मौसम उस्तै–उस्तै भएको टिप्पणी गरे ।
नेपालको मौसमबारे केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको जनाए ।
राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको उनले जनाए । देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने उनले जनाए ।
उनले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ तर हामी चाहन्छौं, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौं । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो, देशलाई अघि बढाउनका लागि हो ।’
देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने उनले जानकारी दिए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशीलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने जनाए ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गुल्मीदरबार गाउँपालिका ३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पोखरेलले जनाए ।
दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ ।
बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।