Page 9

वार्षिकोत्सवको अबसरमा सिटिजन्स बैंकको छुट योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि ३१ गतेसम्म विभिन्न सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको छ ।
यो योजना अन्तर्गत डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने छ ।
यस्तै सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ ( कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ) कम कार्ड लिन चाहनुहुने ग्राहक लाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ ।
बैंकले यो योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत बैंकले जानकारी दिएको छ ।
बैंकले देशैभरी रहेका १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।
हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।
संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । ‘मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ ।’ उनले भने, ‘पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।’

 

निर्वाचन आचारसंहिता पालना नगरे कारबाही हुने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।
त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ ।
आचार संहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।
अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ । आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै

काठमाडौ‌ । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ ।
ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।
त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्‍याउन सक्छ ।
त्यस्तै आजै सोही समयमा हङकङ र मलेसिया पनि खेल्दै छन् । हाल मलेसिया ३ खेलमा २ अंकसहित चौथो र हङकङ पनि ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेका छन् । यस खेलमा जित हासिल गर्ने देशले नेपाल र साउदी अरेबियाबीचको नतिजाको आधारमा मात्र सेमिफाइनलमा पुग्ने नपुग्ने निश्चित हुने छ ।

सत्ता समीकरण भत्काउन देशी विदेशी शक्तिले षड्यन्त्र गरेको ओलीको आरोप

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको नयाँ सत्ता समिकरण भत्काउनेको लागि देशी–विदेशी शक्तिहरुले षड्यन्त्र गरेको आरोप लगाएका छन ।
चुनावी अभियानका लागि इलाम प्रस्थान गर्ने क्रममा झापामा आयोजित एमाले झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सत्ता समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले केही घटना घटिहाले अप्ठेरो नमान्न अनुरोध गरेका छन ।
एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्मलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको अध्यक्ष ओलीको भनाइ छ ।
उनले एमालेलाई सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको स्पष्ट पारे ।
अर्को प्रशंगमा अध्यक्ष ओलीले केही सहकारी मान्छेलाई ठग्ने ठाउँ बनेको टिप्पणी गरेका छन । गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको उनको भनाइ छ ।

यो सरकार आगामी चुनावसम्म चल्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी चुनावसम्म सरकार चल्ने दाबी गरेका छन् । मंगलबार नेपाल उद्योग परिसङ्घको २१औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्को चुनावसम्म सरकार परिवर्तन नहुने दाबी गरेका हुन् ।
‘पछिल्लो चुनाव सकिएयता मैले ३ पटक विश्वासको मत लिइसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अझै म नै प्रधानमन्त्री छु ।’ उनले सञ्चार माध्यममा आउने समाचारबाट सरकार फेरिने निष्कर्ष ननिकाल्न आगह समेत गरे ।
यस्तै सरकारमा रहेका मन्त्री फेरिनुलाई अस्थिरता नभन्न निजी क्षेत्रलाई प्रधानमन्त्रीले अनुरोध गरे । उनले भने, ‘सरकार सम्हालेदेखि नै देशको अर्थतन्त्र सुधार गर्न पहल गरिराखेको छु ।’ देशको अर्थतन्त्र र आउँदो लगानी सम्मेलनलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको दाबी प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्रीले यही वैशाख १६ र १७ मा हुने लगानी सम्मेलन अघि नै एक दर्जन कानुनी व्यवस्था बदल्न लागि परेको जानकारी दिए । उद्योग र व्यवसायमा लगानीको वातावरण सुधार गर्नलाई बाधक बनेका दर्जन कानुनी व्यवस्था फेर्न सरकार जिम्मेवार भएर लागिपरेको जनाए ।
यस्तै सरकार ओउरगठन भएपछि सरकारको काम गर्ने तीव्रता झनै बढेको उनको भनाई छ । यसबाहेक आगामी बजेटबाट देशमा नयाँ उत्साह आउने गरेर नीति ल्याउने उनले जानकारी दिए । ‘बजेटमा जनताले बुझ्ने गरेर र काम गर्न सक्ने गरेर नीति कार्यक्रम बन्छ,’ उनले भने, ‘बजेटले बोक्न सक्ने गरेर मात्रै नीति कार्यक्रम ल्याइन्छ ।’
विगतमा जस्तो नीति कार्यक्रमले लिएको लक्ष्यलाई बजेटले नचिन्ने अवस्था यो वर्षदेखि हट्ने छ । अर्थतन्त्रमा सुधार गर्दै गुणात्मक परिवर्तन आवश्यक रहेकाले निजी क्षेत्रसँग समन्वय गरी अगाडि बढाउने प्रधानमन्त्रीले जनाए । यस्तै आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि निजी क्षेत्रसँग नजिक रहने उनले जानकारी दिए ।

सानिमा रिलायन्सका एजेन्सी म्यानेजर गुरुङ्ग एमडिआरटी बने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । यो सहित उनी लगातार पाँच पटक एमडीआरटी बन्न सफल भएका छन् ।
कम्पनीको बनेपा २ शाखा कार्यालयमा आवद्ध रहेका एजेन्सी म्यानेजरले छोटो अवधिमा नै सन २०२५ को लागि एमडीआरटीब बन्न सफल भएका हुन् । आफ्नो कामप्रति सधै इमान्दार र सक्रिय रहेका उनले आम नागरिकको बीमा गरी जोखिम हस्तान्तरणको भुमिका निर्वाह गर्दै आइरहेका छन् । गुरुङ उत्तरी धादिङको एक मध्यम परिवारमा जन्मिएका हुन।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले एजेन्सी म्यानेजर गुरुङ्गलाई प्रधान कार्यालयमा बोलाएर नै धन्यवाद व्यक्त गर्दै हौसला प्रदान गरेका छन् । साथै उनले भने, ‘अर्गानिक रुपमा व्यवसाय गरी कम्पनीलाई आर्थिक रुपमा मजबुद बनाउन अभिकर्ताप्रति सधै उच्च सम्मान रहेको छ । आगामी दिनमा पनि अझै प्रगति गर्नुस्।’
सन् २०१९देखि हालसम्म लगातार एमडीआरटी मेम्बर बनिसकेका गुरुङ २०२१ का सिओटी मेम्बर समेत भएका थिए । सम्मान कार्यक्रममा पाण्डे सहित सबै उच्च ब्यबस्थापन र शाखा तथा क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
पाँचौ पटक एमडीआरटी बन्न सफल भएका एजेन्सी म्यानेजरले कम्पनीको साथ, सहयोग र हौसलाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रभु बैंक र स्काइवाक टावरबीच संझौता

काठमाडौं । प्रभु बैंकडका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र वन्डर्स नेपालबिच भएको समझदारीसँगै छुट पाउने भएका छन् ।
प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटि‌ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहक तथा कर्मचारीले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।
सम्झौैता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
बैंकले ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौता विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत रहेको छ ।
स्काइवाक टावर ७८.५ मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ ।
बैंकको नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।

शेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार रकम दुई अर्ब

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि २ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८१ अंकले घटेको हो । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से १९९१.७१ अंकमा झरेको छ ।
आज पनि सबै समूहहरु राताम्मे भए । सबैभन्दा बढी हाइड्रोपावर समूह १.३१ प्रतिशतले घटेको हो ।
३१२ कम्पनीका ५४ लाख ७१ हजार ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८.५८ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि सिद्धार्थ बैंकको ऋणपत्र र गोर्खाज फाइनान्सका लगानीकर्ताहरुको क्रमशः ९.९९ र ९.९६ प्रतिशतले नाफा कमाइका छन् ।
त्यस्तै रु रु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो आइतबार २.३५ अंकले बजार घट्दा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ र हिजो सोमबार १६.८२ अंकले बजार घट्दा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२.६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

एमाले अध्यक्ष केपी ओली आज इलाम जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम जाँदै छन ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू इलाम जान लागेको जानकारी दिएका छन ।
अध्यक्ष ओलीले आजको बसाइ इलाममा हुने उल्लेख गरेका छन । उनले त्यहाँको बसाइमा इलाम २ का एमाले उम्मेदवार सुहाङ नेम्वाङसँगै हुने पनि जानकारी दिएका छन ।
‘आज म इलाम जाँदै छु । आजको बसाइ त्यतै हुनेछ । इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङ सँगै हुनेछु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन ।
इलाम २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
यहाँ एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन । सुहाङ चुनावी अभियानअन्तर्गत घरदैलो अभियानमा छन ।
इलाम २ मा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट घटकहरुले एमालेका सुहाङलाई समर्थन गरेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...