काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५४ अंकले घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१७.९७ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि उत्पादनमूलक १.४० र म्युचुअल फण्ड ०.१७ प्रतिशतले बढे भने बाँकी राताम्मे भए ।
आज ३१५ कम्पनीका ८४ लाख ९० हजार ७ सय २२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५.१७ रुपियाँ बराबरको कारोबार भएको हो ।
दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । उपकार लघुवित्त र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले १०, १० प्रतिशतले नाफा कमाए ।
त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पिपुल्स पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ८.२६ अंकले बजार बढ्दा ३ अर्ब १५ करोड ५१ लख ४२ हजार १ सय ६८.४३ रुपियाँ, सोमबार २४.३९ अंकले बजार बढ्दा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७।९१ रुपियाँ र हिजो मंगलबार २८.६२ अंकले बजार बढ्दा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६ सय ६४.८० रुपियाँ बराबरको कारोबार भएको थियो ।
शेयर बजारमा ९.५४ अंकको गिरावट, ३ अर्ब ७० करोडको कारोबार
बबई नदिमा डुबेर दाजुभाइको मृत्यु
दाङ । दाङको बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको हिजो मृत्यु भएको हो ।
दुई दाजुभाइ ओदालेमा रहेको फुपुको घरमा बुवाआमासँगै आएको जनाईएको छ ।
ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजंग थापाका अनुसार १८ वर्षीय दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो भने १६ वर्षीय दिपेश परियारको बबई नदिबाट शव निकालिएको थियो ।
मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेको जनाइएको छ । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
संसद्को अवरोधबारे सभामुख र प्रधानमन्त्रीबीच छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेट गरेका छन् ।
संघीय संसद्को संयु्क्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पेश गर्न नसकेपछि गम्भीर भएका घिमिरेले आज प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा छलफल गरेका हुन् । उनले संसदलाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि भएको संसद अवरोध लगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिजो नीति तथा कार्यक्रम पेस गर्न दिए पनि राष्ट्रपतिलाई धन्यवाद दिन साँझ ६ बजे बोलाइएको बैठकमा अवरोध गरेको थियो । हिजै बसेको राजनीतिक दलहरुसँगको बैठकमा सभामुख घिमिरेले धन्यवाद प्रस्तावसमेत पेश हुन दिन आग्रह गर्दै अन्यथा संवैधानिक संकट आउनेतर्फ कांग्रेसलाई सचेत गराएका थिए ।
आजपनि क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुने
काठमाण्डौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आजपनि सुनुवाइ हुने भएको छ।
मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।
प्रतिनिधिसभाको बैठक जेठ ३ गते सम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो जेठ ३ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रस्तुत हुन सकेन ।
पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साँझ बसेको बैठकमा सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर, कांग्रेसले सहकारी अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुुसन्धान गर्नका लागि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने अडान राखिरहेको छ ।
कांग्रेसले छानबिन समितिको माग राख्दै केही समययता संसद् अवरोध गर्दै आइरहेको थियो । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि अवरोध कायम राख्ने निर्णय गरेको थियो ।
प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालमाबीच संझौता
काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाण्डू मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि काठमाण्डू मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।
साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा काठमाण्डू मोडेल अस्पतालका वित्तिय तथा प्रशासकिय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति रहेको थियो ।
छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने कांग्रेसको अडान
काठमाण्डौं । राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगरेको नेपाली कांग्रेसले अब संसद्मा कुनै सरकारी कार्यसूची प्रवेश गर्न नदिने जानकारी दिएको छ । मंगलवार सरकारका नीति तथा कार्यक्रमपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं । संसदीय छानबिन समिति नबन्दासम्म अब कुनै सरकारी प्रस्तावमा हामी प्रवेश गर्न दिँदैनौं,’ लेखकले भने, ‘संसद् अवरोध गछौं । सरकारी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौ ।’
सहकारी ठगीमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागसहित कांग्रेसले वैशाख २८ गते संसद् अवरोध गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो ।
कांग्रेसको अवरोधपछि वैशाख २८ गते स्थगित प्रतिनिधिसभा बैठक मंगलवार साँझ ६ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले वाचन गरेको सरकारका नीति तथा कार्यक्रम टेबल गर्ने र धन्यवाद प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
कांग्रेसले संसद् अवरोध गरेमा प्रधानमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची प्रभावित हुनेछ । राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।
रविमाथि छानबिनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको हिउँदे अधिवशेनमा पनि विरोध गरेको थियो ।
५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा
काठमाण्डौं । सरकारले देशभरका ५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष २०८१, ८२ मा ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने जनाए ।
राष्ट्रपति पौडेलले सरकारले भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गर्ने जानकारी दिए । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले मालपोत र नापी सम्बन्धी आधारभूत सेवा पालिकाबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने जनाइएको छ । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनागत सुधार गरिने जनाइएको छ ।
शेयर बजारमा २८.६२ अंकको सुधार, ४ अर्ब नाघ्यो कारोबार
काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । यसैक्रममा आज बजार उच्च अंकले बढेर नेप्सेले २ हजार अंक पार गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.६२ अंकले बढेको छ । १.४३ प्रतिशतले बजार बढ्दा नेप्से २०२७.५१ अंकमा पुगेको छ ।
बजार उचालिंदा सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा बढी ३.२२ प्रतिशतले बढेको छ ।
आज ३२० कम्पनीका ९८ लाख ५५ हजार २ सय ८५ कित्ता शेयर किनबेच हूँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६ सय ६४.८० रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ६ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै हिमालयन उर्जाका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ८१ लख २ हजार ७ सय ४.।३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
कांग्रेसले उठाएको माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले उठाएको मागमा आफू सकारात्मक रहेको जानकारी दिएका छन् । कांग्रेसका नेताहरू महामन्त्री गगन थापा तथा प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
प्रमुख सचेतक लेखकका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा अवरोध नगर्दिन कांग्रेस नेताहरूसँग अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले उठाइरहेको माग आफूलाई सम्बोधन गर्नुपर्ने विषय भएको भन्ने लागिरहेको र समस्याको समाधान हुने गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको जनाईएको छ ।
बैठकमा कांग्रेसले भने अहिले संसदीय दलको बैठक रहेको र बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धताबारे छलफल गर्ने जनाएको थियो । बैठकले जे निर्णय गर्छ त्यही निर्णय सार्वजनिक गर्ने आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको लेखकले जनाएका छन ।
सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।