काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।
मङ्गलवारसम्म संसद्को गतिरोध अन्त्य हुने प्रचण्डको दाबी
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध केही दिनमै अन्त्य हुने दाबी गरेका छन् ।
आइतवार चितवनका पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
ुसंसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, भोलि बेलुका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छु, उनले भने ।
नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिएर आफूले राष्ट्रपतिलाई भेटेको उनले जानकारी दिए ।
आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ । यसको तयारी पूरा भइसकेको छु, उनले भने ।
सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने जानकारी दिए ।
ुकांग्रेस संसद्को यति धेरै वकालत गर्ने पुरानो पार्टीले राष्ट्रपतिको सम्बोधनमा असहज बनाउँछ भन्ने मलाई विश्वास लाग्दैनु, उनले भने ।
कांग्रेसका नेताहरूसँग संसद् खुलाउने कुरामा गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ ।
सहकारी पीडितको समस्या समाधानका सन्दर्भमा उनले भने, ुखासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रुपमा विरोध गर्नुभएको छैन ।
चिरायु अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिचचिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा पेश गर्नुपर्ने छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा, दीना चित्रकार तथा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका व्यापार प्रवर्धन व्यवस्थापकको समेत उपस्थिति रहेको थियो ।
जसपालाई सरकारबाट हटाउने प्रधानमन्त्रीको तयारी
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई सरकारबाट हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको प्रधानमन्त्री प्रचण्डको सचिवालय जानकारी दिएको छ ।
आज मधेस प्रदेश सरकारबाट फिर्ता हट्ने माओवादी निर्णयले यादव नैतिक संकटमा परेका छन् । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।
१०७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा पार्टीले अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल गरिरहेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा साढे ४७ करोड
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ५५.३२ प्रतिशतले बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३० करोड ६० लाख रुपैयाँमा सीमित रहेको थियो ।
यसअवधिमा कम्पनीको ब्यवसाय २८.३२ प्रतिशतले बढेर ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय २ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
यता, कम्पनीको बीमा कोषमा ७ अर्ब ४२ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.३२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ७ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको बीमा पोलिसि २ लाख २३ हजार ६६७ वटा जारी भएका छन् ।
यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४.१७ रुपैयाँ रहेको छ ।
शेयर बजारमा ८.२६ अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उचालिएसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२६ अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७४.५० अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि वित्त, होटल र लघुवित्त समूह क्रमशः ०.८६, २.४० र १.३५ प्रतिशतले घटेका छन् । बाँकी अरुमा हरियाली छाएको छ । निर्जीवन बीमा समूूह सबैभन्दा बढी २.६४ प्रतिशतले बढेको छ ।
आज ३११ कम्पनीका ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हूँदा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १ सय ६८.४३ रुपियाँ बराबरको कारोबार भएको छ ।
सिर्जनशील लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सांग्रिला डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ५० लाख ६० हजार ७ सय १.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
दाङको घोराहीमा दुई महिलाको हत्या
दाङ । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको हो ।
हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा भएको हत्याको अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेको जनाईएको छ ।
नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमति प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । यही कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएको उनको सचिवालयले जानकारी दिएको छ ।
रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबारआफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् ।
उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।
उनी अहिले कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।
गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।
धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिएका छन ।