Page 3

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
उक्त विधेयकमाथिको छलफलपछि आजै पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मै पढ्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
एसइईको नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।
‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोराएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७. ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । त्यस्तै २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।

 

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओमा श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।
हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले नायब सीईओ श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव ध्रुबप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
कम्पनीले कार्यकाल बाँकी छँदै सीईओ बिजयबहादुर शाहलाई आजदेखि लागु हुने बिदा गरेको न्यौपानेले उल्लेख गरेका छन् ।

मदिरा सेवन गरेर हल्ला गरेपछि गायक राजेशपायल राई प्रहरी नियन्त्रणमा

काठमाडौं । गायक राजेश पायल राई मदिरा सेवन गरेर बेलाबेलामा विभिन्न हत्कण्डा मच्चाइरहन्छन । उनलाई मदिराले प्रहरी हिरासतमा समेत पु¥याएको छ ।
यसैबीच दुबईमा सांगितिक कायर्यक्रममा जान लागेका राईलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै राईलाई प्रहरीको जिम्मा लगाएको हो । राई आज बिहान १० बजे फ्लाई दुबईबाट दुबई जान लागेका थिए ।
अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको हो । राईले अत्यधिक मदिरा सेवन गरेर जहाजमा हो हल्ला गरी त्यहाँ पालना गर्नुपर्ने नियम पालना नगरेकाले एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको हो । राई अहिले प्रहरीको नियन्त्रणमा छन ।

आफूले अध्यक्ष पदको दाबी नछाड्ने झलनाथको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले अध्यक्ष पदको दाबी नछाड्ने घोषणा गरेका छन् ।
बिहीबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा दाबी नछाडेको घोषणा गरेका हुन् । उनले भने, “ बेकारको कुरा हो । दाबी छाडेको छैन ।” उनले सहमतिका साथ जाने कुरा गरेको जानकारी दिए ।
तपाईंको नाममा सहमति हुन्छ ? भन्ने प्रश्नमा उनले भने– “म नहुनुपर्ने के छ र ?”
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदैछ ।

प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुगेका थिए ।
उनीहरुबीच शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकलाई टुंगोमा पु¥याउने विषयमा छलफल भएको जानकारी दिइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् ।
असार ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७) को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।

अफगानिस्तानविरुद्ध नौ विकेटको जितसहित दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार टारोउबामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८।५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा रिजा हेन्ड्रिक्स र कप्तान आइदेन मार्करमले अविजित क्रमशः २९ र २३ रन थपे । ओपनर क्विन्टन डी कक भने पाँच रनमा पभेलियन फर्किएका थिए ।
अफगानिस्तानका लागि एकमात्र विकेट फजलहक फारुकीले लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले ५७ रनको सामान्य लक्ष्य पाएको थियो ।
अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।
अफगानिस्तानलाई झिनो योगफलमा रोक्न दक्षिण अफ्रिकाका मार्को जान्सेन र तबरेज साम्सीले समान तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्ट्जेको नाममा समान दुई विकेट रह्यो ।
दक्षिण अफ्रिकाले अब विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ । प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेता र अफगानिस्तान भने समूह–१ को उपविजेताको रुपमा सेमिफाइनल आएका थिए ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेगरी आह्वान गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची राखेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...