काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । कारोबार रकम पनि १७ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.५५ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९६.६५ अंकमा उक्लिएको छ ।
समग्रमा बजार उचालिए पनि बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ समूह घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । आज होटल समूह सबैभन्दा बढी ५.९९ प्रतिशतले बढेको छ ।
आज ३२९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता शेयर किनबेच हूँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२.९७ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज प्रोग्रेशित फाइनान्स, बरुण हाइड्रो, साञ्जेन जलविद्युत, नेपाल वायरहाउजिङ कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा अरु ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड १० लाख ८ हजार ७ सय ३०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ र हिजो सोमबार २०.४६ अंकले बजार तल झर्दा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
शेयर बजारमा ३५.५५ अंकको सुधार, सवा १७ अर्बको कारोबार
आज सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । सिंहदरबारमा हुने उक्त बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ‘ब्रिफिङ’ लिएका थिए ।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे जनाएका थिए । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक यसप्रकारको बैठक गरिएको हो ।
प्रतिनिधि सभा बैठक १ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संघीय संसद सचिवालयद्धारा सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, सभामुखले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गर्नेछन ।
यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
पेरिस ओलम्पिकमा प्रिन्स दोस्रो खेलमा पनि पराजित
काठमाण्डौं । पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका नहाट एन्ग्वेनसँगको सोझो सेटमा पराजित भएका हुन् ।
हिजोको खेलमा प्रिन्स विश्व वरियताका ४३ औँ स्थानमा रहेका एन्ग्वेनसँग हारेका हुन् । यसअघि पहिलो खेलमा विश्व नम्बर २ भिक्टर एक्सेलसनसँग पराजित भएका थिए । प्रिन्सले अब समूह चरणको अन्तिम खेलमा इजरायलका मिशा जिलबरमनसँग खेल्नेछन् ।
यसअघि नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडी मध्य ४ खेलाडी बाहिरिसकेका छन् । टेबल टेनिसका स्यान्टू श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शूटिंगकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् । पौडीका एलेक्स शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी रहेको जानकारी दिईएको छ ।
गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका.५ सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।
सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जानकारी दिएको छ ।
शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता हुनु भएको थियो । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।
एकै दिन बाग्लुङमा प्रभु बैंकको ४ वटा नयाँ शाखा बिस्तार
काठमाडौं । प्रभु बैंकले आज एकै दिन बाग्लुङ जिल्लामा ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउँपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष सांसद देवीप्रकाश भट्टचनबाट गरिएको हो ।
बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वासलिएको छ ।
नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
नेशनल लाइफको गला कन्सर्ट भव्य रुपमा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गरेको ‘नेशनल लाइफ गला कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै अभिकर्ताहरुको मनोरन्जनको लागि कम्पनीले उक्त कन्सर्ट आयोजना गरेको हो ।
नेशनल लाइफ गला कन्सर्ट यही साउन १३ गते अर्थात आइतबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको छ । कन्सर्टमा देशभरीका अभिकर्ताहरु तथा कम्पनीका कर्मचारीसहित २७५ जनाको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।
नेशनल लाइफ गला कन्सर्टमा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री, हेमन्त शर्मा, मेलिना राई र डिजे नानीको बेजोड प्रस्तुती दिएका थिए । उक्त प्रस्तुतीमा अभिकर्ता र कर्मचारीहरु हर्स उल्लासका साथ रमाएका थिए ।
योजना अनुसार गत आर्थिक वर्षको जेठ महिनामा आफ्नो व्यक्तिगत कोड तर्फ ५ लाख ९९ हजार रुपैयाँको नयाँ व्यवसाय गर्न सफल अभिकर्ताहरु सो गल कन्सर्टमा सहभागि भएका थिए । कम्पनीका अनुसार नेशनल लाइफ गला कन्सर्टमा २६० जना अभिकर्ताहरुलाई क्वालिफायर्ड भएका थिए ।
कन्सर्टमा सहभागि अभिकर्ताहरुलाई एकदिनको लागि खान, बस्नसहित चर्चित राष्ट्रिय कलाकारहरुसँग मनोरन्जनको व्यवस्था गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका डिसीईओ, कर्मचारी र अभिकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।
माओवादी बैठक सकियो, मंगलबार प्रचण्डले जवाफ दिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम सकिएको छ ।
नेताहरूले उठाएको प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिने जानकारी दिईएको छ । बैठकमा बोल्ने सबै नेताहरूले पार्टी लामो समय सत्तामा केन्द्रित हुँदा बिग्रिएको निष्कर्ष निकाल्दै प्रतिपक्षको भूमिका पाउनु अवसर भएको धारणा राखेका थिए । नेताहरूको आचरण, जीवनशैली, जनसम्बन्ध सुधारका लागि यो अवसरको उपयोग गर्नुपर्नेमा सबै नेताहरूको जोड रहेको जनाईएको छ ।
‘नकारात्मक रूपमा भन्नुपर्दा माओवादीका लागि जनतामा जाने अवसर प्राप्त भएको छ । एकजुट भएर विचारको बहस र पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । सबैको धारणा पछिल्लो राजनीतिक अवस्था र आगामी योजनामै केन्द्रित रहेर प्रश्न आएका छन् । यसको जवाफ अध्यक्षले मंगलबार दिने जानकारी दिईएको छ ।
करिब १० वर्षपछि प्रतिपक्षमा पुगेको माओवादीको बैठकमा पहिलोपटक सबै पदाधिकारीले आ–आफ्ना धारणा राखेका हुन् ।
आयुक्तमा प्रधानलाई अनुमोदन गर्न नसकिने काँग्रेस र एमालेको निष्कर्ष
काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई आयुक्तमा संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्न नसकिने निष्कर्षमा नेपाली कांग्रेस र नेकपा एमाले पुगेका छन् ।
कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि बसेको संयुक्त बैठकले प्रधानलाई अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको हो । काँग्रेस–एमालेले प्रधानलाई अनुमोदन गर्न नसकिने निष्कर्ष निकाले लगत्तै प्रधानले आफ्नो नाम फिर्ता लिएका छन ।
प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको थियो। तर, कुनै पनि सांसद आफ्नो पक्षमा नदेखिएपछि प्रधानले ‘बरु म आफैँ नाम फिर्ता लिन्छु, अस्वीकृत नगरिदिनुहोस्’ भनी अनुरोध गरेका थिए । त्यसपछि समितिको बैठक साँझ ५ बजे तोकिएको थियो।
शेयर बजारमा २०.४६ अंकको गिरावट, साढे १९ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन ह्वात्तै उचालिएको शेयर बजार आज सोमबार भने दोहोरो अंकले घटेको छ । नेप्से तल झरेपछि लगानीकर्ताहरुले अत्तालिएर शेयर बेच्दा एकै दिन साढे १९ अर्बको कारोबार भएको छ ।
राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याएको भन्दै हिजो भने बजार ११३ अंक उचालिएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २०.४६ अंकले तल झरेको हो । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६१.०९ अंकमा झरेको छ ।
समग्रमा बजार तल झरेपछि फाइनान्स र हाइड्रो बाहेका अरु बाँकी समूह राताम्मे भएका छन् । वित्त १.८८ र हाइड्रो ०.८१ प्रतिशतले बढे । आज ट्रेडिङ समूह सबैभन्दा बढी ४.५४ प्रतिशतले घट्यो ।
आज ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ बराबरको कारोबार भएको छ ।
नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७७ प्रतिशतले नाफा कमाए भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३५ प्रतिशतले घाटा व्यहोरे ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ६१ करोड १२ लाख ८६ हजार ६ सय ८३.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ बराबरको कारोबार भएको थियो ।