शेयर बजारमा ३५.५५ अंकको सुधार, सवा १७ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । कारोबार रकम पनि १७ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५.५५ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९६.६५ अंकमा उक्लिएको छ ।
समग्रमा बजार उचालिए पनि बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ समूह घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । आज होटल समूह सबैभन्दा बढी ५.९९ प्रतिशतले बढेको छ ।
आज ३२९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता शेयर किनबेच हूँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२.९७ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज प्रोग्रेशित फाइनान्स, बरुण हाइड्रो, साञ्जेन जलविद्युत, नेपाल वायरहाउजिङ कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा अरु ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड १० लाख ८ हजार ७ सय ३०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ र हिजो सोमबार २०.४६ अंकले बजार तल झर्दा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY