Page 20

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेसगर्ने छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

टियू क्रिकेट मैदानबारे प्रधानमन्त्री र क्यानका पदाधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ,’ ।
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए ।

सुदूरपश्चिममा प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दावी गर्ने तयारी भइरहेको छ ।
केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । कांग्रेसबाट प्रकाश देउवा र बहादुरसिंह थापा पनि मुख्यमन्त्रीमा दावी गर्नुभएको छ । कांग्रेसले मुख्यमन्त्रीको विषय टुंगो लगाउन आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।
सुदूरपश्चिममा कांग्रेस र एमाले बहुमतमा रहेका छन् । ५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै सरकारलाई ७ सांसद रहेको नाउपाले पनि समर्थन गर्ने भएको छ ।
यस बाहेक सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एकरएक सांसद छन् ।

 

आफैले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।
कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
“धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उनले भने ।
घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।

काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेशनल लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ ले हराएको हो ।
नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो । पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।
भारतसँगको खेलमा नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिँदै शानदार सुरुवात गरेपनि भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो । नेपालले अग्रतालाई निरन्तरता दिँदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।
तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो । चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।
नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुई अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो । निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।
नेपाल १२–१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउटलगत्तै अंक जोडेको थियो । १२–१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३–१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो ।
यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन २१ गते सोमबार विश्वासको मत लिने भएका छन ।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले आज प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन ।
कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । उनले यसअघि गत वैशाख १३ गते विश्वासको मत लिएका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री कँडेललाई अहिले नेपाली कांग्रेसको समर्थन छ ।
मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ । प्रदेश सभामा कँडेलको दल नेकपा (एमाले) का १० प्रदेश सदस्य छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेसका १४ प्रदेश सदस्य छन् ।
कुल ४० सदस्सीय रहेको कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एकरएक प्रदेश सभा सदस्य छन् ।

 

तुलसीपुरमा खोलाले अटो बगाउदा दुईजना वेपत्ता

तुलसीपुर । दाङको तुलसीपुरमा खोलाले अटो बगाउदा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा तुलसीपुर–४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई अहिले सोही ठाउँमा बस्दै आएकी १६ बर्षीया मन्जु खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जादै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको हो । अटोमा ५ जना सवार रहेकोमा चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ बर्षीय हरीकिशन बिक, अटोमा सवार ३३ बर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने खोलाबाट बाहिर निस्कन सफल भएपनी दुईजना यात्रुसहित अटोलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
वेपत्ता यात्रुहरुको खोजी कार्य अहिले पनि जारी रहेको प्रहरी निरीक्षक थापाले जनाए । यसैबिच तुलसीपुरको कालाखोलाले अटो बगाउदा वेपता भएका चालकको उद्दार गरिएको छ । तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा १ ह २३५८ नम्बरको अटालाई घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पर्ने कालाखोलाले गएराती पौने १० बजेको समयमा बगाएको थियो । वेपत्ता भएका अटो चालक तुलसीपुर–७ पर्सेनीका २२ बर्षीय दुर्गा पुनलाई उद्दार गरि उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । चालक पुनले मापसे गरेको प्रहरीले जनाएको छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न लागिपरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिपरेको दाबी गरेका छन ।
शनिबार सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले यसबारे जानकारी दिएका हुन ।
थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ । हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौँ । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ । विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाईसमेत अनुरोध गर्छु ।’
प्रधानमन्त्री ओलीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने जनाएका छन । प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरुलाईसमेत अनुरोध गरेका छन ।

काभा नेसन्स लिगमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।
लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो । लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो । जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो । त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो ।
त्यस्तै, आज हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन् । सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले बुझाए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन ।
उनले आज प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका हुन । यसअघि उनले संसदबाट विश्वासको मत लिने जनाईएपनि उनले राजीनामा बुझाएका हुन ।
केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...