काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिपरेको दाबी गरेका छन ।
शनिबार सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले यसबारे जानकारी दिएका हुन ।
थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ । हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौँ । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ । विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाईसमेत अनुरोध गर्छु ।’
प्रधानमन्त्री ओलीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने जनाएका छन । प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरुलाईसमेत अनुरोध गरेका छन ।