Page 4

बाढी, पहिरोमा परी हालसम्म २०८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३६ जना गरी जम्मा २ सय ७१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १५ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५३ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय २६ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् ।

‘नाडा अटो शो २०२४’ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रीत गरेर यो योजना ल्याएको हो । यस योजनाअन्तर्गत नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पर्‍याउने विश्वास गरिएको छ ।
ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ मा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागि हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहौललाई ध्यानमा राख्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

इसेवाले ल्यायो पहिलो पटक व्यावसायिक र व्यक्तिगत खाता एकीकृत गर्ने सेवा

काठमाडौं । हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यस वर्ष आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ, जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरेको छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समयसमयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने गरेको छ । अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् ।
पहिले नेपालका व्यवसासीहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टाछुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, इसेवा । यसबाट प्रयोगकर्तारमर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् ।
भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् । त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ । यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले जनाएका छन ।
यो मर्चेन्ट लिकंको बारेमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरुलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारेका छन ।

 

अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्‍याएर अलपत्र पारेका हुन् ।
साउपाउलोविमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएकोबारे ब्राजिलस्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
“ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा छ,” ब्राजिलस्थित नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ ।
“संगठितरूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ,” नेपाली दूतावासले भनेको छ, “कयौँले अकल्पनीय पीडा बेहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।”
मानव तस्करले नेपाललगायत दक्षिण एसियाका राष्ट्रका युवाहरूलाई अलपत्र पार्न थालेपछि ब्राजिलले नयाँ नियम सार्वजनिक गरेको छ ।
ब्राजिल सरकारले तत्काल लागु हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । ब्राजिलको यही कडा नियममै कारण उनीहरू विमानस्थलमै रोकिएको बुझिएको छ ।
“अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,” दूतावासले जनाएको छ ।
मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने दूतावासले जनाएको छ ।
दूतावासले ब्राजिल आउनुको जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।

गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई अनुरोध गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १५ औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न अनुरोध गरेका हुन ।
उनले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट पारे ।
सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूची सम्बन्धी प्रस्तावमाथिको छलफल सत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गरेकी थिईन ।
विश्वविद्यालयका उपकुुलपति प्रा.डा ध्रुवकुुमार गौतमले १३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि अनुरोध गरेका थिए ।

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा दिने

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो ।
गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९।९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ ।
यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

शेयर बजारमा १११.९६ अंकको पहिरो, नेप्से २७८२ अंकमा ओर्लियो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार दुई दिनमा करीब २ सय अंकले तल झरेको छ । गत आइतबार ७९.८८ अंकले ओरालो झरेको बजार आज मंगलबार पनि १११.९६ अंकले पहिरो गएको हो ।
गत साताको अन्तिम दिन बजार बढेर बन्द हुँदा नेप्से २९७४.४६ अंकमा उक्लिएको थियो भने आज झरेर २७८२.६० अंकमा ओर्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १११.९६ अंकले घटेको हो । २.८६ प्रतिशतले बजार घट्दा नेप्से २७८२.६० अंकमा झरेको हो ।
समग्रमा बजार घटे पनि होटल समूह ०.४३ अंकले बढ्दो भने बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी बैंकिङ समूह ४.९३ प्रतशितले घटेको छ ।
आज ३३० कम्पनीका ४ करोड ३८ लाख ६९ हजार ९ सय ७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७०.३५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
विभिन्न ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् । थ्री स्टार हाइड्रो र कर्णाली डेभलपमेन्ट बैंक क्रमशः ९.८१ र ९.४५ प्रतिशतले बढेका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६५ करोड ४२ लाख ९ हजार ५ सय ८२.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपियाँ बराबरको कारोबार भएको थियो भने हिजो सोमबार श्रीकृष्णजन्माष्टमीको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

घोरेपानी हिँडेका स्पेनिस महिला र पुरुष बेपत्ता

Marsyangdi river valley with Annapurna II on background

कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएका थिए। सोमबार दिनभर खोजी गरेपनि उनीहरुका अवस्था पत्ता लाग्न नसकेको उनले बताए। पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ।
‘पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ। उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ’, प्रवक्ता गुरुङले भने।
एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी निए। उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको जनाए।
प्रवक्ता गुरुङले भने, ‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन्। प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक(लौरी) भेटिएको छ। अन्य कुरा फेला पार्न सकेका छैनौँ।’
मङ्गलाबार गोताखोरसहितको टोलीले खोलामा खोजी गर्ने उनले बताए। पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङको भनाई छ।

आज नेकपा एसले पदाधिकारी चयनका लागि निर्वाचन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएको छ । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो ।
गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुंग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।
आज बिहान ७ बजे मनोनयनपत्र वितरण हुने, ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिईएको छ ।
त्यस्तै, २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने आज बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ भने ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन ।
पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन । बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएको जनाईएको छ ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा चर्चामा रहेको छ ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन ।
त्यस्तै, देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...