काठमाडौं । हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यस वर्ष आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ, जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरेको छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समयसमयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने गरेको छ । अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् ।
पहिले नेपालका व्यवसासीहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टाछुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, इसेवा । यसबाट प्रयोगकर्तारमर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् ।
भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् । त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ । यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले जनाएका छन ।
यो मर्चेन्ट लिकंको बारेमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरुलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारेका छन ।