Page 16

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

एमालेले भदौ २८ गते बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी २८ भदौको दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिएका छन । एमालेले वार्षिक कार्ययोजना तयार पार्न चरणबद्ध बैठकहरु राखिरहेको छ ।
गत १८–१९ भदौमा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि पोलिटब्यूरोका सदस्यहरुले दिएको सुझाव दिएका छन् ।
उनीहरुको सुझाव समेटेर कार्ययोजना तयार पार्नेगरी सचिवालय बैठक बोलाइएको जनाईएको छ ।

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन ।

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच आइतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक(सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ ।
यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरसफाईमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने बैंकको निति अनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैंकको देशभर १०३ शाखा कार्यालयहरु रहेका छन् ।

शेयर बजारमा ५५.८६ अंकको गिरावट, साढे ९ अर्ब पनि पुगेन कारोबार

काठमाडौं । शेयर बजार लगातार घट्न थालेको छ । आज पनि बजार उच्च अंकले तल झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८६ अंकले तल झरेको छ । २.०६ अंकले बजार घट्दा नेप्से परिसूचक २६४६.०३ अंकमा ओर्लिएको छ ।
शेयर बजारमा उच्च गिरावट आएसँगै सबै समूह राताम्मे भएका छन् । आज होटल समूह सबैभन्दा बढी २.६७ प्रतिशतले घटेको हो ।
आज ३२७ कम्पनीका २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५.५४ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ८.९८ प्रतिशतले नाफा कमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ५७ हजार ८ सय १.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रतिनिधि सभाको बैठक १ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सोमबार दिउँसोको १ बजे बैठक बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाईएको छ ।

सत्ता साझेदार दलको बैठक आज ४ बजे बालुवाटारमा बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो ।
आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।
सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्युनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरुले यस छलफलबाट न्युनतम साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ । जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको जनाईएको छ । साथै, आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमासमेत छलफल गर्ने एजेण्डा रहेको छ ।
कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान

काठमाण्डौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् ।
कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद केसीलाई आइतबार कारागार चलान गरिएको हो ।
उनले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका थिए ।
३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।
उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

चेक अनादरमा २ वर्षसम्म कैद सजायको सहमति

काठमाडौं । चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो ।
समिति सभापति सन्तोष चालिसेले चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषय सर्वसम्मतिले पास भएको जानकारी दिए ।
उनका अनुसार १५ लाख रुपैयाँसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्ममा तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँ भन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुनेछ ।
त्यसअघि छलफलमा सहभागी उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई नियन्त्रण र निरुत्साहित गर्न जरुरी रहेको जानकारी दिएका थिए । साथै उनले विधेयकको दफावार छलफलबाट आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने उल्लेख गरेका थिए ।

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच संझौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ ।
पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनः प्रयोग तथा पुनः प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्धेश्यका साथ सहकार्य भएको हो ।
सहकार्य अन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ ।
यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन प्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ ।
यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।
बैंकका देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...