Page 20

एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ ।
बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।
मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने जनाईएको छ ।
कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले जानकारी दिएको छ ।

मेयर बालेनको निर्णयको उपमेयर सुनिताद्वारा विरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छिन ।
मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन् ।
यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले जनाईन । उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको जानकारी दिईन ।
प्रमुखस्तरीय निर्णयअनुसार यसबारे सूचना प्रकाशित भएको पाइएको भन्दै सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन रु यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन । यो राम्रो पद्धति होइन । ’
उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत जनाइन् । यो विषयमा बैठकमा अन्य जनप्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।
बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।
यो एप मार्फत बालबालिकाहरुले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरुमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरुको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।
यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरुमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ ।
ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो ।
यो एप बालबालिकाहरुले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरुको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।
ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् ।
यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

संखुवासभाको चैनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

किमाथांका । संखुवासभाको चैनपुर नगरपालिका–२ चित्लाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रयाक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा मंगलबार दिउँसो खाद्यान्न बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

आइएमई र कमर्स प्लेक्सबिच साझेदारी

काठमाडौँ । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बिच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।
आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उपस्थित थिए ।
कमर्स प्लेक्स सिमपैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिनट्रयाकद्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसाय (एफएमएसबी) ले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।

महालक्ष्मी विकास बैंक र चित्रकार चाटर्ड कम्पनीबिच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ ः एक्सपेक्टेड क्रेडिट लस मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेस सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी
रुपमा कार्यान्वयन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने बैंकको भनाई छ ।

सहकारी छानबिन समितिको म्याद १५ दिन थपियो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशिष समितिको म्याद थप भएको छ ।
प्रतिनिधिसभा बैठकबाट १५ दिन म्याद थप भएको हो । प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।

एमाले २०८४ को निर्वाचनमा एक्लै लड्ने प्रधानमन्त्रीको धारणा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने धारणा व्यक्त गरेका छन ।
आजबाट सुरू भएको पार्टी पोलिट्ब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले २०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने प्रस्ट पारेका हुन।
‘नेकपा एमाले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। एक्लै लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ।’
उनले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिए। त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीको भनाइ थियो।
‘संगठनहरु चुस्त दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन’, ओलीले भने, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्‍यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो।’

 

नबिल बैंकको विशेष साधारणसभाद्वारा ५ अर्बको प्रिफरेन्सियल सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले ८ प्रतिशत प्रिफरेन्सियल सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार बैंकको विशेष साधारणसभा सम्पन्न भएको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृतीपछि जारी हुने गरी पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पेस गरेको थियो ।
यससँगै पेस भएका सबै प्रस्तावहरु पारित भएका छन् । बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउन सहयेग गरेकोमा सेयरधनी लगायत सरोकारवाला पक्षलाई धन्यवाद दिए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए।

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंकले ग्लोबल मनी विक–२०२४ मा १३० वटा शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
चैत्र ५ गतेदेखी ११ गतेसम्म बैंकले आफ्ना विभिन्न शाखा मार्फत साताव्यापी रुपैयाँ यो अभियान चलाएको थियो । वित्तीय साक्षरता, साईकल र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।
बैंकले ३०२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...