काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले ८ प्रतिशत प्रिफरेन्सियल सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार बैंकको विशेष साधारणसभा सम्पन्न भएको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृतीपछि जारी हुने गरी पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पेस गरेको थियो ।
यससँगै पेस भएका सबै प्रस्तावहरु पारित भएका छन् । बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउन सहयेग गरेकोमा सेयरधनी लगायत सरोकारवाला पक्षलाई धन्यवाद दिए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए।
Home अर्थतन्त्र नबिल बैंकको विशेष साधारणसभाद्वारा ५ अर्बको प्रिफरेन्सियल सेयर जारी गर्ने प्रस्ताव पारित