Page 5

पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा आज पनि आएन आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाबारे आज पनि कुनै आदेश दिएन ।
उक्त मुद्दा बुधवार पेशीमा चढेपनि कुनै आदेश नआएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
बुधवार आदेश नआउनुको कारण भने उनले खुलाउन चाहेनन् ।
उक्त मुद्दा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा पेश भएको थियो ।
यसअघि पनि निर्णय सुनाउने प्रयोजनका लागि पेशी तोकिँदै आएपनि पटक पटक सर्ने गरेको थियो ।
पूर्वसभामुख समेत रहेका सापकोटा आफ्नो पतिको हत्यामा संलग्न भएकाले ज्यान मुद्दामा अघि बढाउनुपर्ने माग राखी काभ्रेपलाञ्चोककी पूर्णिमाया लामाले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
उनका पति अर्जुन लामा काभ्रेको श्रीकृष्ण माविबाट २०६२ वैशाख १६ गते अपहरणमा परेका थिए । पछि असारको दोस्रो साता बूढाखानी क्षेत्रमा उनको शव फेला परेको थियो ।
यस प्रकरणमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्चमा २०६४ फागुन २७ गते रिट दर्ता गरेकी थिइन् ।
सर्वोच्चले २०६४ फागुन २७ गते निवेदन दर्ता गर्नू भनी आदेश दिएको थियो । त्यसपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएपनि २०६९ साउन १२ गते अनुसन्धानको फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।
अनुसन्धान तामेलीमा राख्ने निर्णय गर्दा माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकार थियो ।

प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज पहिलो पटक दिइएको तीन दिन म्याद सकिएर प्रहरीले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा लगेकोमा अदालतले थप ५ दिनको समय दिएको हो ।
प्रसाईँले चरित्रहत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौला लगायत महिलाहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

शेयर बजारमा ४९.१८ अंकको उछाल, कारोबार रकम भने घटयो

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने उच्च अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१८ अंकले बढेको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१९.५७ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि म्युचुअल फण्ड भने ०.०१ प्रतिशतले घटेको छ । आज वित्त समूह सबैभन्दा बढी ३.८० प्रतिशतले उचालिएको छ ।
आज ३२७ कम्पनीका १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४.४९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, ङादी हाइड्रो, यूनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्यतु र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै हिमालयन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले घाटा व्यहोरे ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको १५ करोड ६४ लाख १७ हजार ७ सय ८७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ, सोमबार ५९.०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३ लाख रुपियाँ र हिजो मंगलबार ५८.९३ अंकले बजार घट्दा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६.६९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेट

अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।
उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।

वाग्मतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न सतर्क रहन विभागले अनुरोध गरेको छ ।
दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

समितिको सिफारिस कार्यान्वयन गर्न तयार भएको लामिछानेको उदघोष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको उदघोष गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको उदघोष गरेका हुन् ।
उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको पनि जानकारी दिए । यस्तै सभापति लामिछानेले सहकारीबाट अरू सञ्चारमाध्यममा पैसा गएको खुलेकाले उनीहरूलाई पनि कारबाहीको दायरमा ल्याउनुपर्ने जनाए ।
यस्तै सभापति लामिछानेले संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले पनि आफूलाई दोषी नभएको जनाएको उल्लेख गरेका छन् । त्यसअघि प्रहरीले पनि सहकारीमा आफूलाई दोषी नदेखाएको उनले जनाए । यस्तै सभापति छामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै राजनीतिबाट राजीनामा दिनु नपर्ने जानकारी दिए ।

मेडिकल व्यवसायी प्रसाईँसँग दुई घण्टा बयान लिइयो

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायीसँग आज दुई घण्टा लामो बयान लिइएको छ ।
सरकारी वकिलको कार्यालयमा प्रसाईको बयान लिइएको हो ।
प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट

काठमाडौं । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यासब्याक (अधिकतम ५०० रुपैयाँसम्म) दिने घोषणा गरेको छ ।
चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि यो अफर घोषणा गरेको बैंकले जनाएको छ । यो अफर छठसम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकद्वारा पारा ओलम्पिकमा पदक विजेता पलेशा गोबर्धनलाई ५ लाख प्रदान

काठमाडौं । एनएमबि बैंकले एसियाली पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।
उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपियाँ प्रदान गरेको हो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरिएको थियोे ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

शेयर बजारमा ५८.९३ अंकको गिरावट, सबै समूह राताम्मे

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा बजार आज पनि उच्च अंकले घटेर २५ सय अंकबाट पनि ओरालो लागेको छ । दुई दिनमै बजार १२० अंकले तल झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.९३ अंकले घटेको छ । २.३३ प्रतिशतले बजार घट्दा नेप्से २४७०.३९ अंकमा ओर्लिएको हो ।
उच्च अंकले बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । आज पनि सबैभन्दा बढी वित्त समूह ४.६० प्रतिशतले घटेको हो ।
आज ३०९ कम्पनीका १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता शेयर किनबेच हूँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६.६९ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि अपर साङ्गे हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै हिमालयन हाइड्रोमा नेगेटिभ सर्किट लागेको हो । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशत घाटा व्यहोरेका हुन् ।
एनएलजी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ४१ लख ७६ हजार ७६.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ र हिजो सोमबार ५९.०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३ लाख रुपियाँको कारोबार भएको थियो ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...